फेसबुकमा बाल्यकालको फोटो राखेपछि छोरीले दर्ता गरिन् आमाबुवा विरुद्ध मुद्दा
आमाबुवालाई यसो नगर्न धेरै पहिलेदेखि नै आग्रह गर्दासमेत आफूले भनेको नमानेपछि उनी रुष्ट भएको बताइन् । उनी भन्छिन्, ‘म ११ वर्षको हुँदा देखि नै उहाँहरुलाई फोटो नराख्न आग्रह गरिरहेको छु । मलाई यी कुराहरु पटक्कै मनपर्दैन । म यदि ठूलो भएपछि मलाई साथीहरुले जिस्काउनेछन् । तर उहाँहरुलाई थाहा छैन, लाज के हो ? गोप्यता के हो ?’
१८ वर्षीया यी किशोरी अष्ट्रियाको साउथ क्यारिन्थया इलाकामा बस्छिन् । अष्ट्रियाली मिडियाले युवतीको आमा–बुवाको नाम सार्वजनिक गरेको छैन । किशोरी भन्छिन्, ‘उहाँहरुले मेरो केही पनि ख्याल नै नराखी फोटोहरु सार्वजनिक गर्नुभयो । कुनै फोटोमा म ट्वाइलेटमा बसेकी छु, कुनैमा म रोइरहेकी छु । कुनैमा भने म लुगा नै नलगाई खेलिरहेकी छु । कुनैमा बिना कपडा बेडमा सुतिरहेकी छु । मेरो बाल्यकालको हरेक फोटो उहाँहरुले सार्वजनिक गरिदिनुभयो, आखिर यी सब किन ?’
ती युवतीको भनाई अनुसार उनका आमाबुवाले उनको करिब ५ सय फोटो सार्वजनिक गरेका छन् जसलाई उनीहरुको ७ सय साथीहरुसँग सेयर पनि गरेका छन् । युवती ७ वर्षको हुँदा देखि नै आमाबुवाले यस्तो गर्दै आएको उनले जानकारी दिइन् । जति आग्रह गर्दा पनि आफ्नो केही पनि कुरा नसुनेको भन्दै उनको आमाबुवाविरुद्ध मुद्दा दर्ता गरेको बताइन् । उनी भन्छिन्, ‘मेरो कुरालाई आमाबुवाले गम्भिरतापूर्वक सुन्नुभएन । म यी कुराहरुले निकै तनावमा छु । यी सबै कुराबाट हारेका कारण म अदालतमा आएकी छु ।’
यता यस विषयमा किशोरीका बुवाले आफूले छोरीको फोटो फेसबुकमा सेयर गर्दा केही आपत्ति नहुने बताउँछन् । उनी भन्छन्, ‘मलाई लाग्छ मैले छोरीको फोटो फेसबुकमा सेयर गर्नसक्छु किनभने मैले यी तस्बिरहरु आफैंले फोनमार्फत कैद गरेको हुँ । उनी हाम्री छोरी हुन् । म र मेरी श्रीमतीका लागि उनको बाल्यकाल निकै अमूल्य छ । उनको तस्बिर मेरा साथीहरुलाई पनि निकै राम्रो लागेको छ ।’
किशोरीकी वकिल मिशेल रामी भन्छिन्, ‘फोटो सार्वजिक गर्दा यदि किशोरीको गोपनीयतामाथि आँच आएको छ भने उनले यो मुद्दा जित्न सक्छिन् । उनका आमाबुवाले उनलाई जरिवानासमेत तिर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण