आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

गंगालाल राष्ट्रिय हृदय केन्द्रले काठमाडौ वाहिरसेवा विस्तार गर्ने

मङ्गलबार, ०४ असोज २०७३, १३ : २८
मङ्गलबार, ०४ असोज २०७३

काठमाडौं–मुटुको उपचारमा ख्याति कमाएको काठमाडौको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले काठमाडौ वाहिर पनि सेवा विस्तार गर्ने भएको छ ।

गंगालाल अस्पतालको नामले चिनिने केन्द्रले अञ्चल अस्पतालहरुसँग समन्वय गरेर मुटुरोगको सेवा काठमाडौं वाहिर विस्तार गर्ने भएको हो । केन्द्रको संचालक समितिको मंगलबार बसेको बैठकले सेवा विस्तारका लागि आवश्यक काम अगाडि बढाउने निर्णय गरेको छ । संचालक समितिका अध्यक्ष रहेका स्वास्थ्यमन्त्री गगन थापाले मुटुरोगका विरामीहरुले काठमाडौ आउँदा धेरै खर्च व्यहोर्नुपर्ने भएकाले गंगालाल अस्पतालको सेवा जिल्लाहरुमा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

गंगालाल अस्पताललाई प्रतिष्ठानको स्वरुप समेत दिइने भएको छ । संचालक समितिका सदस्यहरुले मुटुरोगको उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्न अस्पताललाई प्रतिष्ठान बनाइनुपर्ने बताएपछि बैठकले यस विषयमा अवधारणा तयार पार्ने निर्णय गरेको छ । अस्पतालले तयार पार्ने अवधारणा अध्ययन गरेर आवश्यक निर्णय लिइने मन्त्री थापाले बताए ।

बैठकमा मुटुरोगको उपचारका क्रममा विरामीले सेवन गर्ने औषधीको मूल्य घटाउने विषयमा समेत छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप