अचम्मको शौख: कुकुरको लागि किनियो आठवटा ‘आइफोन सेभेन’
चीनमा आजकाल आइफोन सेभेन किन्नका लागि एप्पल स्टोर बाहिर मानिसहरुको लामो लाइन लाग्ने गरेको छ । तर वाङ सिकोङ्ग, चीनका सबैभन्दा धनी वाङ जियान्लिनका छोरा, ले निकै सजिलै आठओटा आइफोन किन्न सफल भएका छन्, त्यो पनि कोको नामको कुकुरको लागि ।
वाङ सिकोङ्गले आफ्नो कुकुरको लागि करिब १० लाख रुपैयाँ खर्च गरेका छन् । चीनमा आइफोनको मूल्य ६,३६६ चीनियाँ युआन (करिब १ लाख २ हजार रुपैयाँ) देखि ७,९८८ चीनियाँ युआन (करिब १ लाख २८ हजार रुपैयाँ) को बिचमा छ । यद्यपी, यो रकम त्यस्ता ब्यापारीको छोराको लागि धेरै होइन जसको कूल सम्पत्ति २ लाख डलरभन्दा बढि छ ।
Wang Sicong, son of China's richest man buys 8 iPhone 7s for his dog Coco???????? Some people can rubbish money? ehn pic.twitter.com/QJr6ubTwVo
— Kemi Ariyo (@d_problemsolver) September 20, 2016
अझ अचम्मको कुरा के छ भने यो कुराको जानकारी कोकोको बीबो अकाउन्टमार्फत दिइएको हो । कोकोको आफ्नो भेरिफाइड बीबो अकाउन्ट पनि छ । बीबो चीनको माइक्रो ब्लगिङ साइट हो जसले ट्वीटरको जस्तै काम गर्दछ । कोकोको बीबो अकाउन्टमा १.९ मिलियन मानिसहरुले फलोअर छन् । कोकोको सोसल मिडिया अकाउन्टमा धेरैजसो फेसनेबल तस्बिरहरु पोष्ट हुन्छ ।
सिकोङले आफ्नो प्रिय कुकुरमाथि यति धेरै पैसा खर्च गरेको यो पहिलो घटना भने होइन । यो भन्दा पहिले उनले सन् २०१५ मा आफ्नो अर्को कुकुरका लागि एप्पलकै दुईवटा ‘गोल्ड स्मार्टवाच’ उपहारमा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण