आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मोटोपनाको काल हो जिरा र कागतीको यो प्रयोग, थाहा पाउनुहोस् सरल तरिका

शुक्रबार, ०७ असोज २०७३, ११ : १७
शुक्रबार, ०७ असोज २०७३

जो मानिसहरु मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ र त्यसको लागि विभिन्न तरिका अपनाएर थाकिसक्नु भएको छ भने आज हामी तपाईंलाई मोटोपनाबाट छुटकारा पाउने अचुक उपायबारे जानकारी दिदै छौं । निकै साधारणजस्तो देखिने यो प्रयोग अपनाएको थोरै दिनभित्रै तपार्ईले नतिजा देख्नसक्नुहुन्छ । सबैभन्दा ठूलो कुरा त के छ भने यो तरिका निकै सजिलो छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

यो हो तरिकाः दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

कसरी गर्छ काम ? जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

सावधान! यसो नगर्नुहोस्ः यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

ना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

यी कुराहरु ध्यानमा राख्नुहोस्ः मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

यदि छिटो नतिजा पाउन चाहनुहुन्छ भने माथि भनिएका कुरा सँगै केही व्यायाम पनि गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप