छाता ओढ्दा जागिर चट्
चीनकी एक टेलिभिजन पत्रकारले चश्मा लगाएर छाता ओढेका कारण जागिर गुमाउनु परेको छ ।
चीनको सियामेन शहरमा एक मानिससँग अन्र्तवार्ता लिने क्रममा ती महिला पत्रकारले घामबाट बच्नका लागि चश्मा लगाएर छाता ओढेकी थिइन् । अन्र्तवार्ता दिने व्यक्ति हाफ टिसर्ट र क्याप लगाएको तर उनीभने चश्मा लगाएर छाता ओढ्दै प्रश्न सोधिरहेको भन्दै उनलाई धेरै मानिसहरुले आलोचना गरेका छन् ।
नको यो तस्बिर सोसल मिडियामा रातारात भाइरल बन्यो, धेरैले उनलाई अव्यवहारिक भएको भन्दै टिका–टिप्पणी गर्न थाले ।
सियामेन टिभी स्टेशनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ हाम्रो एक पत्रकारले कम्पनीको नियम पालना गरिनन् र अन्र्तवार्ता राम्रोसँग लिन सकिनन् ।’
‘यसले पत्रकारको छवीलाई बिगारेको छ र मानिसहरुमा नकारात्मक सन्देश पुगेको छ, ’ उक्त टेलिभिजन स्टेसनले बतायो । उनले चीनको वेबो नेटवर्कमा सकारात्मक र नकारात्मक दुबै टिप्पणी पाएकी छिन् ।
उक्त फोटो पहिलो पटक अनलाइनमा रिपोस्ट गर्ने यानपिङ जाङले ती पत्रकारलाई आफूले सोचेभन्दा ठूलो सजायँ दिएको बीबीसीलाई बताएकी छिन् ।
फोटो कसले र कहिले खिचेको भन्ने बारे आफूलाई पनि थाहा नभएको बताउने जाङले ‘सजायँ निकै नै क्रुर’ भएको बताइन् । ‘मलाई लाग्छ, ती पत्रकारलाई पहिले मौखिक चेतावनी दिनु पर्दथ्यो,’ उनले भनिन् ।
‘ एउटा पत्रकारले चश्मा र छाता ओढेर कुनै मानिसको अन्र्तवार्ता लिन्छ भने त्यसले अर्को व्यक्तिको अपमान गरेजस्तो देखिन्छ भन्ने उद्देश्यका साथ उक्त फोटो सेयर गरेको थिएँ, ’ यानपिङले बताइन् ।
‘तर मानिसहरुले उनलाई सोसल मिडियामा निकै नराम्रो भनिरहेका छन् । मेरो यस्तो उद्देश्य थिएन । म निर्दोष छु । मलाई ती पत्रकार महिला को हुन् भन्ने बारे पनि थाहा छैन, ’ उनले आफ्नो दुखेसो व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण