मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

माउसुलीदेखि माछासम्मको नाम राखियो ‘ओबामा’

आइतबार, ०९ असोज २०७३, १० : १९
आइतबार, ०९ असोज २०७३

अमेरिकी राष्ट्रपति बराक ओबामाको सम्मानमा संसारभर केही नाम राखिएका छन् ।

भर्खरैमात्र वैज्ञानिकले एक फ्लैटवर्म (एक प्रकारको चिपटी किरा) को नाम ओबामाको नाम राखेका छन् ।

यसको नाम राखिएका छ, बराकट्रे ओबामाई । फ्लैटवर्म यस्तो प्रजाति हो, घागोजस्तो लामो हुन्छ । मुलत यो मलेशियाली फ्रेशवाटरमा पाउने कछुवामा भेटिन्छ ।

यो कछुवाका फोक्सोमा पाइन्छ, यो धेरै खतरनाक पनि हुन सक्छ ।

जुन वैज्ञानिकलाई यो परजीविको खोजी छ, उनका अनुसार यसको विशेषतता आधारमा यसको नाम ओबामाको नामबाट राखिएको हो ।

यसको खोजी गर्ने तथा कछुवाका परजीविमाथि अध्ध्यन गर्ने डाक्टर थाँमस प्लैटले भने–राष्ट्रपतिको सम्मानमा निश्चित यो मेरो तर्फबाट सानो कोशिष हुनेछ ।’

उनले आफु ओबामाको टाढाको नातेदार भएको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति बारक ओबामाको नामबाट कुनै चिजको नाम राखिएको यो पहिलो घटना चाँहि होइन । यसभन्दा अगाडि पनि ओबामाको नामबाट केही नाम राखिएको छ ।

यस भन्दा अगाडि केन्यामा पाएको एक हेयरवर्मको नाम पनि पारागोडियस ओमामाई राखिएको थियो । यह किरो जहाँ भेटियो, त्यसको नजिकै ओबामाका बुबा रहन्थे । ओबामाले आफ्नो शासनकालमा समुद्री जीवको संरक्षणको लागि कोशिष गरेका छन् । यही कारण वैज्ञानिकले हवाईद्धीप पाएको एउटा मैरोन गोल्ड माछाको नाम पनि ओबामाको नामबाट राखेका थिए ।

२०१० मा भेटिएको निलो रंगको यो सानो माछाको नाम इस्तेस्टोमा ओबामा राखिएको थियो ।

यति मात्र होइन, ओबामाको हासोलाई लिएर एउटा लामो माउसुलीको नाम ओबामाडाँन राखिएको छ ।

ओबामा अमेरिकाका यस्ता राष्ट्रपति हुन्, जसको नामबाट एक पर्वतको नाम पनि राखिएको छ । यद्यपी यो पर्वत एंटीगामा छ ।

सन् २००९ मा कैरीवाईद्धीपले आफ्नो सवैभन्दा अग्लोे पवर्त बाँगीका नाम बदलेर ओबामाको नामबाट राखिएको थियो । यो ओबामाको जन्मदिनको अवसरमा गरिएको थियो । यस भन्दा अगाडि २००७ मा अनुसन्धानकर्ताले एक पंगसको नाम पनि ओबामाको नामबाट राखेका थिए ।

जव ओेबामा पहिलो पटक राष्ट्रपतिको पदका लागि आफ्नो अभियान शुरु गरेका थिए, त्यसबेला वैज्ञानिकहरु उनीप्रति ढल्केर फंगसको नाम कालोपलाका ओबामे राखेका थिए ।

आयरलैंडको डब्लिन र लिमेरिकको वीचमा अवस्थित आयरिस कन्ट्री साइड सर्विस स्टेशनको नाम आधिकारिक तरिकाले ओबामाको नामबाट राखिएको थियो ।

बराक ओबामा प्लाजामा एक पेट्रोल स्टेशन, पूmल कोर्ट र भिजिटर सेन्टर बनाइएको छ । यो सेन्टरमा मनीगैल ओबामाको सम्बन्धका वारेमा बताइएको छ । यति मात्र होेइन, पश्मिची अमेजोनियामा पाउने एउटा पक्षीको नाम नैसटालस ओबामाई राखिएको छ ।

केन्याका कोगेलो गाँउमा ओबामा पिताको जन्म भएको थियो । उनलाई त्यही दाहसंस्कार गरेका थिए । यो गाँउका दुई स्कूलको नाम पनि ओबामाको नामबाट राखिएको छ । यसबाहेह एक विच्छीको नाम पनि ओबामाको नामबाट राखिएको छ । स्पाइडरमेनका प्रसंशक ओबामाको नामबाट विच्छीको नाम अपटोस्टिचूस बराकओबामाई राखिएको छ । यो क्यालीफोर्नियामा पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप