के अहिलेसम्मकै ठूलो सर्प भेटिएको हो ?
आइतबार, ०९ असोज २०७३, १७ : १०
पारा – ब्राजिलको एक निर्माण स्थलमा ३३ फिट लामो सर्प फेला परेको छ ।
त्यहाँको अल्टामिरामा रहेको एक गुफालाई विस्फोटक पदार्थ प्रयोग गरेर फुटाएपछि उक्त सर्प फेला परेको हो ।
उक्त सर्पको वजन ४ सय किलो रहेको छ भने त्यसको चौंडाइँ एक मिटर रहेको बताइएको छ ।
उक्त एनाकोण्डालाई चेनले बाँधेर झुण्डाइएको देखाइएको छ । उक्त सर्पको भिडियो पनि सार्वजनिक गरिएको छ ।
उक्त भिडियो सार्वजनिक भएपछि सर्पलाई सुरक्षित वासस्थानमा छाड्नुको साटो मारेको भन्दै आलोचना शुरु भएको छ । यदपि, सर्प मरेको हो या होइन भन्ने खुलेको छैन ।
गिनिज वल्र्ड रेकर्डमा २५.२ फिट लामो सर्पलाई अहिलेसम्मकै लामो सर्प भनेर दर्ज गरिएको छ । उक्त सर्प अमेरिकाको कानास सहरमा भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण