मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

डाक्टरको गल्ती ४३ वर्ष सम्म ह्विलचेयरमा रहेका व्यक्ति फेरि हिँड्न थाले

सोमबार, १० असोज २०७३, ११ : ४०
सोमबार, १० असोज २०७३
पोर्चुगल – डाक्टरहरुले गलत रोग भनेर खुट्याउँदा विगत ४३ वर्षदेखि ह्विलचेयरमा बस्न बाध्य पोर्चुगलका एक व्यक्ति फेरि हिँड्न थालेका छन् । मिडियामा आएको एक रिपोर्टका अनुसार रुफिनो बोरेगोलाई १३ वर्षको उमेरमा लिसबनस्थित अस्पतालले मस्कुलर डाइस्ट्रोफी नामक उपचार नहुने रोग लागेको बताएका थिए । त्यसपछि उनी ४ दशकसम्म ह्विलचेयरको साहरामा बाँच्न बाध्य भए । तर, सन् २०१० मा एक नशासम्बन्धि डाक्टरले उनलाई मांशपेशीसम्बन्धि अर्कै रोग म्यास्थेनिया रोग लागेको पत्ता लगाए । मांशपेशी कमजोर बनाउने यो रोगलाई दमका रोगीलाई दिइने उपचारले निको बनाउन सकिने ती डाक्टरले बताए । रोगपत्ता लागेको एक वर्षमा उनी पुनः पहिलो पटक हिँड्न सफल भए । ‘हामीलाई त यो चमत्कारजस्तै लग्यो,’ एलान्ड्रोअलस्थित स्थानीय क्याफेका मालिक मानुएल मेलाओले भने । अहिले ६१ वर्षका बोरेगो अहिले सामान्य जीवन बाँची रहेका छन् । यद्यपि, उनले वर्षको दुईपटक भने फिजियो थेरापी गर्नुपर्ने हुन्छ । आफूलाई लामो समय ह्विलचेयरमा बस्न बाध्य बनाए पनि बोरेगो उक्त अस्पतालमाथि रुष्ट छैनन् । उनी भन्छन्, ‘सन् १९६० तिर म्यास्थेनिया रोगबारे कमैलाई थाहा थियो । अब म मेरो बाँकी जीवनको पूर्ण उपयोग गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप