हरेक वर्ष ८ हजार किमी पौडी खेलेर आफ्नो विशेष साथीलाई भेट्न आउँछ यो पेन्ग्विन
यदि कसैका कारण तपाईंको जीवन बचेको छ भने ती व्यक्तिको उपकार तपाईंले जिन्दगीभर पनि बिर्सनुहुन्न । यस्तो सोच मानिसहरुमा मात्र नभई जनावरमा पनि पाइएको छ । यदि विश्वास लाग्दैन भने यो पेन्ग्विनलाई हेर्नुहोस् जो हरेक वर्ष ८ हजार किलोमिटर यात्रा गरेर ती व्यक्तिलाई भेट्न आउँछ जसले सन् २०११ मा उसको ज्यान बचाएका थिए ।
५ वर्ष पहिले ब्राजिलका माझी जोआ पेरिरा डि सुजा, ७१, ले एक सानो पेन्ग्विनलाई मर्न लागेको अवस्थामा भेटेका थिए । शरिरभरी तेल लागेको र मृत्युको नजिक पुगेको यो पेन्ग्विनलाई ढुङ्गामा सुतिरहेको अवस्थामा स्थानीय समुन्द्रको तटमा भेटेका थिए ।
जाओले तत्काल पेन्ग्विनको प्वाँखबाट सारा तेल सफा गरिदिए र ताकतका लागि उनलाई दैनिक माछाको खुवाए । त्यसपछि उनले नै त्यो पेन्ग्विनको नाम राखिदिए, डिन्डिम ।
उनी भन्छन्, भेटेको एक वर्षपछि उनले त्यो पेन्ग्विलाई समुन्द्रमा छोड्न प्रयत्न गरे । तर, त्यो जान मानेन । ‘त्यो पेन्ग्विन मसँग ११ महिना बस्यो । शरिरमा नयाँ प्वाँख पलाएपछि त्यो बेपत्ता भयो,’ जोआले सम्झिए ।
मेट्रो डट कम का अनुसार त्यसको एक वर्षपछि डिन्डिम फर्कियो । समुन्द्रको तटमा आफ्नो ज्यान बचाउने माझीलाई देखेपछि उनलाई घरैसम्म पछ्यायो ।
विगत पाँच वर्षदेखि वर्षको आठ महिना डिन्डिमले जोआसँग समय बिताउने गर्दछ । आफ्नो ज्यान बचाउने व्यक्तिसँग पुर्नमिलनका लागि डिन्डिमले ८ हजार किलोमिटरको यात्रा गर्ने गरेको विश्वास गरिन्छ ।
‘मलाई यो पेन्ग्विन मेरो आफ्नै सन्तान जस्तो लाग्छ । मलाई यसको औधी माया लाग्छ र यसले पनि मलाई उत्तिकै माया गर्छ भन्ने मलाई विश्वास छ,’ जोआले ग्लोबो टिभीलाई बताए । ‘यसलाई कसैले पनि छोएको मन पर्दैन । कसैले छोएमा यसले ठुङ्छ । तर यो मेरो काखमा बस्छ, मैले नुहाइदिदा, ख्वाउँदा र बोक्दा निकै आनन्द मान्छ र चुप लागेर बस्छ ।’
‘सबैले मलाई यो अब फर्केर आउँदैन भन्छन् तर विगत पाँच वर्षदेखि यो नियमित आइरहेको छ । यो प्रत्येक वर्ष जुनमा यहाँ आउँछ र फेब्रुअरीमा आफ्नो घर फर्कन्छ । र प्रत्येक वर्ष यसले मलाई निकै माया गर्छ र मलाई भेट्दा असाध्यै खुसी भएको जस्तो देखिन्छ ।’
ग्लोबो टिभीका लागि अन्र्तवार्ता लिने जीव वैज्ञानिक प्राध्यापक क्रजिविस्किले इन्डिपेन्डेन्टलाई बताए, ‘मैले यस्तो घटना पहिले कहिले पनि देखेको थिइनँ । जोआले पनि पेन्ग्विनलाई आफ्नो घरको सदस्यको रुपमा हेर्छन् र सायद पेन्ग्विनले पनि ।’ ‘जब पेन्ग्विनले जोआलाई भेट्छ तब कुकुर निकै रमाएको बेलाजस्तै यसले मज्जाले पुच्छर हल्लाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण