विज्ञका कुरा बाइक-स्कुटरमा कस्तो हेल्मेट राम्रो ?
शुक्रबार, १४ असोज २०७३, १५ : ०८
मोटरबाइक तथा स्कुटर सहरी जीवनयापनमा अनिवार्यजस्तै भइसकेको छ । दुईपाङ्ग्रे सवारी चलाउँदा सामान्य मात्रै गल्तीले पनि ठूलै दुर्घटना निम्त्याउन सक्छ । त्यसैले सवारी चलाउँदा आकर्षण वा ट्राफिकलाई झुक्याउन मात्र हेल्मेट प्रयोग गर्नु हुँदैन । महँगो मूल्यमा सवारी किन्नेले हेल्मेट छनोटमा भने लोभ गर्नु बुद्धिमानी हुँदैन । गुणस्तरीय हेल्मेट लगाउँदा ठूलै दुर्घटनामा पनि टाउको जोगाएर ज्यान बचाउन सक्छ । गुणस्तरीय हेल्मेट कसरी छनोट गर्ने भन्ने प्रश्नमा कायस्थ मोटर्स प्रालिका नसिब कायस्थको भनाइ यस्तो छः
-
हेल्मेट खरिद गर्दा सबैभन्दा पहिला ‘रिटेन्सन सिस्टम’लाई महत्व दिनुपर्छ । रिटेन्सन सिस्टम भन्नाले टाउकोको साइज र क्लिप लगाएर सजिलै प्रयोग गर्न मिल्ने हेल्मेट भन्ने बुझाउँछ । यस्तो हेल्मेट प्रयोग गर्दा जस्तोसुकै दुर्घटनामा पनि टाउकोबाट हेल्मेट खस्दैन । जसले गर्दा टाउको सुरक्षित बनाउन मद्दत गर्छ ।
-
हेल्मेट इम्प्याक्ट रेसिस्टेन्स भएको छनोट गर्नुपर्छ । इम्प्याक्ट रेसिस्टेन्ट हेल्मेटको बाहिरी सतह राम्रो क्वालिटीको प्लास्टिकबाट निर्माण गरिएको हुन्छ । यसले कुनै कारणवश दुर्घटना भएमा टाउकोमा चोटपटक लाग्ने सम्भावनालाई कम गराउँछ ।
-
हेल्मेटको भित्री भाग ‘इनर स्ट्यारो फम’ प्रयोग गरेको हुनुपर्छ । यो फमको सबैभन्दा राम्रो क्वालिटी हो । यसले दुर्घटना भएमा टाउको ठोकिएर दिमागमा पुर्याउने असरलाई कम गराउँछ ।
-
हेल्मेट खरिद गर्दा भाइजरलाई विशेष महत्व दिनुपर्छ । राम्रो भिजन नभएको भाइजरले दुर्घटना निम्त्याउन सक्छ । दिनमा मात्र नभएर रातको समयमा पनि क्लियर भिजन दिने भाइजर छनोट गर्नुपर्छ ।
-
कतिपय हेल्मेटमा भेन्टिलेसन सोका लागि मात्र राखिएको हुन्छ । त्यस्तो पनि विचार गर्नुपर्छ । भेन्टिलेसनले टाउकोमा पसिना आउन दिँदैन । जसले गर्दा हेल्मेट खराब नुहुनुका साथै टाउको पनि दुख्दैन ।
-
हेल्मेटको भित्री भाग खोलेर धुन मिल्ने खालको हुनुपर्छ । रिमुभेवल हेल्मेट धुन सजिलो हुने हुँदा सधैँ सफा राख्न सकिन्छ ।
-
एकपटक दुर्घटनामा परेर ठोक्किएको हेल्मेट हेर्दा राम्रो देखिए पनि प्रयोग गर्नु हुँदैन । यस्तो हेल्मेटको टाउकोलाई जोगाउन सक्ने क्षमता सोही दुर्घटनामा प्रयोग भइसकेको हुन्छ । जसले गर्दा अर्कौ त्यस्तै दुर्घटना परेमा हेल्मेटले काम नगर्न सक्छ । त्यस्तै, अग्लो स्थानबाट खसेको हेल्मेट पनि प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ ।
-
सेकेन्डह्यान्ड किन्नु हुँदैन । पुरानो हेल्मेटको गुणस्तर खस्किसकेको हुन्छ ।
कुनै हेल्मेट बाहिर मोटो कागजले मात्र बनाएको पनि पाइन्छ । यस्तो हेल्मेट ट्राफिकको आँखा छल्न मात्र हुन्छ, व्यक्तिगत सुरक्षामा काम लाग्दैन ।
-
स्कुटर प्रयोग गर्नेहरूले बढी क्याप हेल्मेट लगाउँछन् । पूरै टाउको नछोपिने यस्ता हेल्मेट नेपालको सडकसुहाउँदो छैन । त्यसैले आकर्षक देखिनभन्दा सुरक्षालाई महत्व दिने हेल्मेट लगाउनु राम्रो हुन्छ ।
-
उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनाइएको हेल्मेटमा इपिएस (एक्पान्डेबल पोलिस्ट्रिप्नी फम) प्रयोग भएको हुन्छ । हेल्मेटको गुणस्तर निर्धारण गर्ने एजेन्सीहरू मयत, भअभ, कलभिि, दकष् हुन् । तर, यस्ता ब्रान्ड भएका नक्कली हेल्मेट पनि बजारमा पाइन सक्छ । ओरिजिनल थाहा पाउन हेल्मेटको भित्रपट्टि कोड नम्बर दिएको हुन्छ । सो कोड नम्बर सम्बन्धित एजेन्सीको वेबसाइडमा गएर सर्च गर्दा थाहा हुन्छ ।
-
महँगो मूल्य हालेर किनेको बाइकबाट सुरक्षित हुन हेल्मेट किन्दा कन्जुस्याइँ गर्न हुँदैन ।
-
धेरै फोन गरिराख्ने मानिसलाई लक्षित गरेर ब्लुुटुथ हेल्मेट पनि बजारमा आइसकेको छ । यस्ता मानिसले त्यस्तो हेल्मेट प्रयोग गर्नु सुरक्षित हुन्छ ।
-
गर्मी बढी हुने स्थानमा फुल हेल्मेट लगाउन समस्या हुन सक्छ । त्यसैले फुल फेस हेल्मेट प्रयोग गर्दा राम्रो हुन्छ । यसले गर्मी र धुलोबाट जोगाउँछ ।
-
यात्रामा जानु छ भने जस्तोसुकै मौसम भए पनि फुल हेल्मेट नै लगाउनुपर्छ । चालक मात्र नभएर पछाडि बसेको साथीलाई पनि हेल्मेट लगाउन दिनुपर्छ ।
-
क्याप हेल्मेट कुनै पनि यात्रामा बिर्सेर पनि लगाउन हुँदैन ।
-
डर्ट हेल्मेट एड्भेन्चर राइडका लागि बनाइएको हो । यो हेर्दा ठूलो देखिए पनि हलुका हुन्छ । डाँडाकाँडा तथा कच्ची बाटोमा जानुपर्नेले यस्तै हेल्मेट लगाउनु राम्रो हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण