स्वास्थ्य परिक्षण बिनै निरोगीताको प्रमाणपत्र !

म्याग्दी–मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ ।
मुस्ताङको पशु सेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शूल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।
पशु चिकित्सक नन्दलाल बर्माको हस्ताक्षर र छाप रहेको प्रमाणपत्र लिन प्रतिगोटा १५ रुपैयाका दरले पैसा तिरेका भेडाच्याङ्ग्रा ब्यवसायी पूर्णबहादुर सुवेदीले बताए । “भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण नगरीकन प्रमाणपत्र दिएका कर्मचारीलाई रसीद माग्दा उल्टै थर्काएर पठाए”सुवेदीले भने । जोमसोममा नरेन्द्र रोकाबाट बागलुङका टेकबहादुर पुनले खरिद गरेर असोज १३ गते बेनी ल्याएको १७० वटा भेडाच्याङ्ग्राको निरोगिताको प्रमाणपत्रमा २०७३ असोज १५ गतेको मिति राखिएको छ । एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पृष्टि भएको छ ।
फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङ्ग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । कर्मचारी उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरे ।
मुस्ताङबाट स्वास्थ्य परिक्षण नगरी रोगी भेडाच्याङ्ग्रा निकासी गर्न दिईदाँ अन्य जिल्लामा रोग फैलने गरेको छ । मुस्ताङबाट आएका भेडाच्याङ्ग्राबाट म्याग्दीका कृषकले पालेका संयौ भेडा, बाख्रा, गाईभैसी, गोरुमा खोरेत र पिपीआर रोग फैलने गरेको छ ।
ब्यायवसायीको गुनासो र उजुरी परेपछि छानविन भैरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रजिअ गणेशबहादुर अधिकारीले निरोगिताको प्रमाणपत्रको विषयमा गुनासो आएकाले छानवीन अघि बढाइएको बताए ।
यस वर्षको दसै र तिहारका लागि मुस्ताङबाट बिस हजार भेडाच्याङ्ग्रा बाहिरीने अनुमान छ । यस वर्ष भेडाच्याङ्ग्राको खरिद मूल्य गत वर्षको तुलनामा प्रतिगोटा तिन हजार रुपैयाका दरले बढेको ब्यवसायी अमरबहादुर खत्रीले बताए । म्याग्दीमा प्रतिगोटा भेडा २२ र च्याङ्ग्रा २४ हजारका दरले बिक्री भैरहेको छ ।
मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, काठमाडौ, चितवन लगायतका जिल्लामा भेडाच्याङ्ग्रा निकासी हुने गरेका छन् । हिमाली हावापानी र चिसो वातावरणमा हुर्कीएका भेडाच्याङ्ग्राको मासु स्वादीलो मानिने भएकाले दसै तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य