काठमाडौँ । दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो । ३४ सय मिटर उचाइमा रहेको यो क्षेत्र हिउँदमा प्रायः हिउँले ढाकिन्छ।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशङ्कर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमशृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्रायः पहाड र पर्वतहरू देखिन्छ।
प्राकृतिकसँगै शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल हो। यहाँ जनैपूर्णमा, बाला चतुर्दशी लगायतका समयमा मेला लाग्ने गर्छ ।
सङ्घीय राजधानी काठमाडौँबाट मुडे र चरिकोट हुँदै सिधै शैलुङ पुग्न सकिन्छ । काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुढे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_PzVKLRfhQA.jpg)
_FSjR2vU67l.jpg)
_VjMXeGvwCu.jpg)
_D3iDk8dABa.jpg)
_kaelSffzqF.jpg)
_JGsq69pxrh.jpg)
_Qwp92Rqlog.jpg)
_bOp7ygVVGh.jpg)
_pQ5kaidPn0.jpg)
_BXU1G91E9Z.jpg)
_bJ2CangtIv.jpg)
_BrwvgK5zOk.jpg)
_2eTtBzKMIB.jpg)
_cJWpyxELGe.jpg)
_9vd9jyZvjq.jpg)
प्रतिक्रिया