दसैंमा कस्ता रोगीले कति मासु खाने ?
काठमाडौं । हुन त अहिलेको समय पहिले जस्तो छैन । पहिले मासु खान दसैं नै कुर्नुपर्दथ्यो तर अहिले धेरैजसो मानिसको भान्सामा दिनहुँजसो मासु पाक्छ । यति हुँदा हुँदै पनि अरु बेलाभन्दा दसैंमा मासुको विभिन्न परिकार बनाएर खाने चलन छ ।
मानिसहरु पनि दसैं नै हो भनेर खानसक्ने गरी मासु खान्छन् । दसैंमा विशेषगरी रातो मासु पाक्ने भएकाले जतिसक्दो खाँदा स्वस्थ मानिसलाई नै असर पुग्छ भने रोगीलाई थप असर गर्दछ । तसर्थ, आफ्नो रोगको प्रकेति हेरेर कति मासु खान मिल्छ, त्यो बुझेर खाएमा स्वास्थ्यमा प्रतिकूल असर पर्दैन ।
– स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
– कोलेस्ट्रोल भएका मानिसले बोसो नभएको मासु खानुपर्छ ।
– कोलेस्ट्रोलका रोगीले खसीको मासुको साटो ह्वाइट मिट नतारीकन थोरै तेल हालेर पकाएर खाँदा फाइदाजनक हुन्छ ।
– यदि रातो मासु खाएपनि त्यो छाला र बोसोरहित हुनुपर्छ ।
– दसैंमा धेरैको घरघरमा खसी काट्ने भएकाले आन्द्रा, भुँडी, कलेजोदेखि सबै भाग खाइन्छ । खसीको मासुमा चिल्लोको मात्रा धेरै हुने भएकाले भरसक कम खाँदा नै राम्रो । सकेसम्म ग्रेभी मासु खानुहुँदैन ।
– मोटापना भएका व्यक्तिले एकदिनमा मासुको ३÷४ पिसमात्र मासु खान मिल्छ ।
– दसैंमा टन्न मासु खाने र बसीबसी तास खेल्ने हाम्रो बानी स्वास्थ्यको दृष्टिकोणले निकै घातक हो । मासु खाने र यसका साथै शारिरिक व्यायाम गर्ने गर्नुपर्छ ।
– यदि रक्तअल्पत्ता छ भने कलेजो खाँदा फाइदा हुन्छ ।
– युरिक एसिड भएका मानिसहरुले रातो मासुको साटो माछा खानु लाभदायक मानिन्छ ।
– ग्याष्ट्रिक्सका बिरामीले तारेको, पोलेको मासुभन्दा पनि नुन, पानी, जिरा, लसुन, अदुवा हालेको मासु खानु बेस हुन्छ ।
– मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दसैंको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भएपनि बेलाबेलामा खानेकुरा खानुपर्छ । दूध, फलफूल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ । मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।
नानी शोभा शाक्य (डाइटिसियन, त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज)
ࢪ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण