मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

चीनको शाकाहारी पर्वको यस्तो परीक्षामा उत्रिए भक्तजन (डरलाग्दो फोटोफिचर)

आइतबार, १६ असोज २०७३, १६ : ५९
आइतबार, १६ असोज २०७३

दक्षिण पूर्वी एसियाका थुप्रै चिनियाँ समूदाय यो हप्ता शाकाहारी बनेका छन् । तोइस्त नाइन इन्पेरर गड्स फेस्टिबल नामक चाड मनाउनका लागि मानिसहरु शाकाहारी भएका हुन् । तीमध्ये कतिले हद पार गरेका हुन्छन् ।

एक हप्तासम्म मानिसहरुले आफ्लाई नै काटेर आफ्नो धार्मिक प्रेम देखाउन तँछाडमछाड गर्दछन् । यसमा तातो काइलामा हिँड्नेदेखि आफ्नो शरिरलाई छेड्नेसम्म पर्दछन् ।

आइतबार फुकेटस्थित मन्दिरमा दर्जनौं मानिसले धार्मिक आस्था दर्साउने यो परीक्षामा भाग लिए । यसमा भाग लिने व्यक्तिले ९ दिनसम्म सहवास गर्न, रक्सी पिउन र जुवा तास खेल्न बन्द गर्नुपर्छ ।

नौ दिनसम्म शाकाहारी खानाको खाएर स्थानीयले ९ ‘इम्पेरर गड’ को पूजा आराधना गर्दछन् । ९ दिनसम्म मासु छोड्दा र सेतो लुगा लगाउँदा शरिर शुद्ध हुने जनविश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप