तपाईंसँग छन कि यी १० बानी, जसले किड्नीमा असर गर्न सक्छ
1–पिसाव रोकेर राख्नु ठूलो भूल हो । यस्तो हुँदा युरिनले किडनीमा दवाव बनाउँछ र किडनीमा इन्फ्रेक्शन हुन सक्छ ।
2–खानामा धेरै नुन या अधिक मात्रमा साल्ट भएको खाना भयो भने पनि किडनीमा असर गर्न सक्छ । नुनमा रहेको सोडियमले ब्लड प्रेशर बढाउँछ र यसको असर किडनीमा पर्छ ।
3–माछुमा पर्याप्त मात्रमा प्रोटिन हुन्छ, धेरै प्रोटिन लिदा किडनीमा मेटाबलिक दवाव बड्छ । यसले किडनीमा स्टोनको समस्या बढाउँन सक्छ ।
4–अध्ययनले भनेको छ कि दिनमा ७ वा ८ घण्टाभन्दा कम सुत्नेलाई हाई ब्लड प्रेशर र मुटु रोगको खतरा हुन्छ । यसले किडनी रोग पनि जन्माउँछ ।
5–हरेक दिन ८ – १० गिलास पानी पिउन जरुरी छ । थोरै पानी पिउँदा शरीरमा जम्मा भएको टाक्सिन्स किडनको फन्क्शनमा खराव असर गर्छ । धेरै पानी पिउदा किडनीमा दवाव पर्छ ।
6–धेरै चिसो पदार्थ वा सोड पिउनुपनि किडनीको रोगको कारण बन्छ । यसमा आर्थोफास्फोरिक एसिठ हुन्छ, जसले किडनीमा असर गर्छ ।
7–चुरोट वा खैनी खादा शरीरमा टाक्सिन्स जम्मा हुन्छ, जसले किडनी खराव हुने समस्या निम्ताउँछ । यसले ब्लड प्रेशर पनि बढाउँछ र किडनीमा अस गर्छ ।
8–टन्सिलको समस्यालाई ध्यान दिइएन भने यसले पोस्ट इन्फेक्टिव ग्लोमेरोनेफ्राइटिस नामक विरामी हुन सक्छ । यसको व्याक्टीरियाले किडनीमा असर गर्छ ।
9–सानोतिनो स्वास्थ्य समस्याका लागि एंटीबायोटिक या पेनकिलर लिने बानीले पनि किडनीमा खराव असर गर्छ । बुहतै आबश्यक नभएसम्म यस्ता औषधी सेवन गर्नुहुँदैन ।
10–सामान्य मानिसको तुलनामा मोटा मानिसको किडन ड्यामेजको खतरा बढी हुन्छ । ओभरडाइटिङका कारण तौल बढ्छ, त्यसकारण धेरै खाने बानीबाट बचौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण