आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

दसैँको तस्बिर कसरी खिच्ने ?

मङ्गलबार, १८ असोज २०७३, १४ : ३९
मङ्गलबार, १८ असोज २०७३

तस्बिर लिँदा क्यामेरा सधैँ सिधा समात्नुपर्छ । त्यसलाई नहल्लाई सब्जेक्टमा ध्यानु दिनुपर्छ । दसैँमा पूरै परिवारको तस्बिर लिनुपर्ने हुन्छ ।

यस्तोमा आफूले चाहेजति सब्जेक्टलाई क्यामेरामा पार्ने कोसिस गर्नुपर्छ । तस्बिर लिँदा सकेसम्म डिजिटल जुम प्रयोग गर्नु हुँदैन । समूहको तस्बिर लिँदा पनि आई लेभललाई ख्याल राख्नुपर्छ ।

सकेसम्म एउटा वा दुइटा लाइन बनाएर तस्बिर लिँदा राम्रो देखिन्छ । धेरै लाइन गरेर अगाडि–पछाडि भयो भने मान्छे छेकिने तथा फोकस मिलाउन पनि समस्या हुन्छ । सामूहिक तस्बिर लिँदा तुरुन्त चेक गरिहाल्नुपर्छ । यस्तोमा कुनै व्यक्तिको पोजिसन गलत रहेछ भने अर्को तस्बिर लिन सकिन्छ ।

दसैँमा घरभित्रै टीका लगाइन्छ । त्यस्तोमा पहिला नै झ्याल, ढोका वा लाइटको सोर्सलाई ध्यान दिनुपर्छ ।

आउटडोरमा भने सुरुमा सब्जेक्ट र लाइटको पोजिसन हेरेर तस्बिर लिने स्थान छनोट गर्नुपर्छ । घरबाहिर तस्बिर लिनु पर्दा सकेसम्म मध्यदिनमा नलिनु राम्रो हुन्छ । मध्यदिनमा उज्यालो पनि आवश्यकताभन्दा बढी हुन्छ र छाया पनि पर्ने सम्भावन बढी हुन्छ ।

यसले गर्दा तस्बिर राम्रो नआउन सक्छ । एउटै सब्जेक्टलाई पनि फरक–फरक स्थानबाट एंगल परिवर्तन गरेर तस्बिर लिदा नयाँपन देखिन्छ । यसले तस्बिरमा फरकपन आउँछ र सुन्दर पनि देखिन्छ । कुनै पनि व्यक्तिको तस्बिर लिँदै हुनुहुन्छ भने उसको ‘आई लेभलसँग क्यामेरा मिलाउनुपर्छ ।

क्यामेराको लेन्समा सीधै लाइट पार्नु हुँदैन । विषयवस्तुलाई बुझेर नजिक जाने कोसिस गर्नुपर्छ । तस्बिर लिने क्रममा सब्जेक्टलाई पनि सहज बन्ने वातावरण बनाउने कोसिस गर्नुपर्छ । अहिले मोबाइल सेल्फीको जमाना छ ।

सेल्फी खिच्दा हातबाट मोबाइल खस्ने सम्भावना बढी हुन्छ । त्यसैले एकदम केयर गरेर सेल्फी लिनु राम्रो हुन्छ । सकेसम्म सेल्फी स्टिक प्रयोग गर्नु धेरै राम्रो । फोटोग्राफरले तस्बिर लिन जोखिमपूर्ण स्थानमा जानु हुँदैन ।

नयाँ एंगल लिने लोभले कहिलेकाहीँ ठूलै दुर्घटना पनि निम्तिन सक्छ ।

नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप