दसैंमा काइदाः मासुसँगै बियर पिउँदा फाइदै फाइदा
मासु सँगै बियरको सेवन मांसाहारीको लागि मात्र नभई पिउने पिलाउने शौक भएका मानिसहरुका लागि पनि निकै राम्रो ‘ट्रिट’ हो । धेरैजसो चाडबाडको बेलामा होस् वा अन्य केहीमा रमाइलो गर्ने क्रममा हामी स्वास्थ्यबारे त्यति सचेत रहँदैनौं । तर मासु बियर खाएर रमाइलो गरिरहँदा पनि तपाईंको स्वास्थ्यलाई बेफाइदा हुनुको साटो फाइदा पुगिरहेको छ भन्दा हामीमध्ये धेरैजना खुसी भयौं होला । हो, दसैंको यो महोलबिच मासु र बियर खानेका लागि खुसीको खबर सुनाउँदैछौं ।
एक सोधलाई मान्ने हो भने पोलेको मासुसँगै बीयर पिउँदा पोलेका मासुमा पाइने हानिकारक कार्सिनोजेनिक अर्थात क्यान्सर पैदा गर्ने तत्व नष्ट हुन्छ । अमेरिकन केमिल सोसाइटीको जर्नल अफ एग्रिकल्चरल एण्ड फूड केमेष्ट्रिमा प्रकाशित यो सोधका अनुसार ग्रिल गरिएको मासुसँग बियर पिउँदा मासुमा पाइने पोलिसाइक्लिक अरोमाटिक हाइड्रोकार्बन (पीएएच) कम हुन्छ । उच्च तापक्रममा मासु पोल्दा यसमा पीएएच तत्व प्रचुर मात्रामा पाइन्छ जसलाई बियरसँगै खाँदा यसको जोखिम निकै कम हुन्छ ।
शोधकर्ताहरुका अनुसार पीएचका कारण ट्युमर, क्यान्सर र प्रजनन सम्बन्धि समस्याहरु देखापर्न थाल्छन् । उनीहरुको दाबी अनुसार पोलेको वा अत्यधिक तापक्रममा पकाइएको मासुसँग बियर पिउँदा यसले क्यान्सरको समस्यालाई २५ प्रतिशतसम्म कम गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण