यसकारण दसैंमा पिङ खेलिन्छ, चङ्गा उडाइन्छ
दसैँको सुरुवात भएसँगै घरघरमा चंगा उडाइने तथा टोलटोलमा पिङ खेल्ने सुरुवात भइसकको छ । दसैँको अवसरमा पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ ।
तर, दसैँमा पिङ खेल्नैपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख भएको भने पाइँदैन । तर, पिङ, चंगा खेल्ने प्रचलन कहिलेबाट सुरु भएको भन्ने यकिन छैन । भारतमा केही फरक तरिकाले नवरात्री मनाउने प्रचलन छ । पौराणिककालमा कृष्णलाई झुलामा झुलाउने गरिन्थ्यो ।
त्यसैको विकसित रूप नै पिङ हो । त्यसलाई परिमार्जन हुँदै मच्चाएर खेल्ने लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो ।
सैँमा धर्ती छोड्नुपर्छ भनेर पिङ खेल्ने गरेको पनि पाइन्छ । यस्तो कुरा पनि कुनै शास्त्रमा लेखिएको छैन । स्थानीय संस्कृति र पुर्खाहरूले चलाउँदै आएको हल्लाको भरमा यस्तो कथन चल्दै आएको हो । तर, पहिला रमाइलो गर्न तथा भेटघाट गर्ने माध्यमको रूपमा पिङ खेल्न प्रचलन चलेको हो । संस्कृतिका रूपमा विकसित भइसकेको चंगा उडाउने चलन भने नेवारी संस्कृति हो कि भन्ने मेरो अनुमान छ । किनभने नेवारी बस्ती बढी भएको स्थानमा चंगा बढी उडाइन्थ्यो । तर, पछि रमाइलो हुने कारण सबैले अँगाल्दै आएको हुन सक्छ ।
किन दिइन्छ बलि
शरद ऋतुमा आउने नवरात्रलाई शारदी नवरात्र भनिन्छ । त्यस्तै चैतमा आउने वासन्ती नवरात्र भनिन्छ । नवरात्र मौसम परिवर्तनको समय भएकाले यमराजको दाह्राहरू नजिक आएको हुन्छ भन्ने मान्यता छ । यो समयमा मानिसहरूलाई विभिन्न रोगले आक्रमण गर्छ । त्यसबाट पार पाउन पनि यो समयमा व्रत बस्ने परम्परा चलेको हो । यो समयमा व्रत बस्दा सात्विक भोजन गरिन्छ । जसले गर्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ । रोग व्यथा बढी लाग्ने भएकाले यो समयमा नकारात्मक पक्षलाई बलि दिने प्रचलन चलेको हो । बलि परम्पराअनुसार राक्षसी प्रवृत्तिको प्रतीकका रूपमा घिरौंला, फर्सी या पशुपक्षीहरूलाई बलि दिँदै आएको पाइन्छ । यो विषयका बारेमा शास्त्रमा पनि उल्लेख गरिएको छ ।
नयाँ पत्रिकाबाट साभार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण