आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यसकारण दसैंमा पिङ खेलिन्छ, चङ्गा उडाइन्छ

शुक्रबार, २१ असोज २०७३, १५ : १९
शुक्रबार, २१ असोज २०७३
[caption id="attachment_84618" align="alignleft" width="388"] तस्बिरः अर्घाखाँची डट कम[/caption]

दसैँको सुरुवात भएसँगै घरघरमा चंगा उडाइने तथा टोलटोलमा पिङ खेल्ने सुरुवात भइसकको छ । दसैँको अवसरमा पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ ।

तर, दसैँमा पिङ खेल्नैपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख भएको भने पाइँदैन । तर, पिङ, चंगा खेल्ने प्रचलन कहिलेबाट सुरु भएको भन्ने यकिन छैन । भारतमा केही फरक तरिकाले नवरात्री मनाउने प्रचलन छ । पौराणिककालमा कृष्णलाई झुलामा झुलाउने गरिन्थ्यो ।

त्यसैको विकसित रूप नै पिङ हो । त्यसलाई परिमार्जन हुँदै मच्चाएर खेल्ने लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो ।

सैँमा धर्ती छोड्नुपर्छ भनेर पिङ खेल्ने गरेको पनि पाइन्छ । यस्तो कुरा पनि कुनै शास्त्रमा लेखिएको छैन । स्थानीय संस्कृति र पुर्खाहरूले चलाउँदै आएको हल्लाको भरमा यस्तो कथन चल्दै आएको हो । तर, पहिला रमाइलो गर्न तथा भेटघाट गर्ने माध्यमको रूपमा पिङ खेल्न प्रचलन चलेको हो । संस्कृतिका रूपमा विकसित भइसकेको चंगा उडाउने चलन भने नेवारी संस्कृति हो कि भन्ने मेरो अनुमान छ । किनभने नेवारी बस्ती बढी भएको स्थानमा चंगा बढी उडाइन्थ्यो । तर, पछि रमाइलो हुने कारण सबैले अँगाल्दै आएको हुन सक्छ ।

किन दिइन्छ बलि

शरद ऋतुमा आउने नवरात्रलाई शारदी नवरात्र भनिन्छ । त्यस्तै चैतमा आउने वासन्ती नवरात्र भनिन्छ । नवरात्र मौसम परिवर्तनको समय भएकाले यमराजको दाह्राहरू नजिक आएको हुन्छ भन्ने मान्यता छ । यो समयमा मानिसहरूलाई विभिन्न रोगले आक्रमण गर्छ । त्यसबाट पार पाउन पनि यो समयमा व्रत बस्ने परम्परा चलेको हो । यो समयमा व्रत बस्दा सात्विक भोजन गरिन्छ । जसले गर्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ । रोग व्यथा बढी लाग्ने भएकाले यो समयमा नकारात्मक पक्षलाई बलि दिने प्रचलन चलेको हो । बलि परम्पराअनुसार राक्षसी प्रवृत्तिको प्रतीकका रूपमा घिरौंला, फर्सी या पशुपक्षीहरूलाई बलि दिँदै आएको पाइन्छ । यो विषयका बारेमा शास्त्रमा पनि उल्लेख गरिएको छ ।

नयाँ पत्रिकाबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप