कसरी नियन्त्रण गर्ने सामुदायिक कुकुरको जनसंख्या ?
हिजोका रणनीति
विगतमा ६० वर्षसम्म नगरपालिकाले विभिन्न विधि प्रयोग गरी कुकुरका बथान मार्ने अभियान सञ्चालन गर्दै आएका हुन् । करिब १६० कुकुर प्रतिदिन, करिब ५० हजार प्रतिवर्ष लाखौँ भाले, पोथी बच्चा स्याहारदै गरेका, गभीर्णी, छाउरा–छाउरी समात्दै मार्ने गरिन्थ्यो, जुन आज पनि प्रचलनमा छ ।
सामूहिक विद्युत् दाहको प्रतिफल
२५ लाखभन्दा बढी कुकुर मार्दा पनि कुकुरको जनसंख्या बढ्ने क्रम जारी छ । कुकुरको टोकाइका घटना बढने क्रम जारी छ । रेबीजका कारण मृत्यु बढ्ने क्रम जारी छ ।
कुकुरका बथान मार्ने अभियान किन असफल भए ?
प्रत्येक पटक जति कुकुर मा¥यो, त्यतिकै कुकुर त्यस ठाउँमा बसाइँ सर्न आउने । अव्यवस्थित सहरी फोहरमैला व्यवस्थापनका कारण रछयानको खाना सुलभ उपलब्ध हुने हुँदा छेउछाउका कुकुर सहरतिर पलायन हुने । भारतका प्रमुख सहर बैंगलोर, दिल्ली, मुम्बइ, चेननै, कोलकत्ता, जयपुर, विषाखापत्नम, गोवा, सिकन्दराबाद, हैदेराबाद, पुने, मैसुर, मंगलोर, हुबलीमा यस्तो स्थिति छ । यस्तो स्थिति चीनमा पनि छ । हाम्रा सहर के फरक होलान् ?
कुकुरहरुले किन टोक्छन् ? ऋतुकालको समय प्रजनन् क्रीडाका लागि पोथी कुकुरसँग संसर्गीत हुन् भाले कुकुरबीच हुने प्रतिदनङ्दीताका कारण धेरै भाले कुकुरले पच्छयाउँदा पोथी कुकुर रिसाउने हुँदा कुकुरले आफ्ना बच्चलाई दूध चुसाई रहेको बेला, सुतेको बेला, अथवा खाना खाइरहेको बेला जिस्काउने, चलाउने गर्दा कुकुरलाई अनावश्यक रुपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
सामुदायिक कुकुरको जन्म दर नियन्त्रण उपयोगिताको परीक्षण
सामुदायिक कुकुरको जनसंख्याको ७० प्रतिशतलाई बन्ध्याकरण गरी जनसंख्या नियन्त्रण गरे यिनको जनसंख्या स्थिर रहन्छ । विश्व स्वास्थ्य संगठनले खासगरी एसियाली मुलुकका लागि सिफारीस गरेको छ ।
जन्म दर नियन्त्रण उपयोगिता परीक्षण
बैंगलोर, दिल्ली, मुम्बइ, चेननै, कोलकत्ता, जयपुर, विषाखापत्नम, गोवा, सिकन्दराबाद, हैदेराबाद, पुने, मैसुर, मंगलोर, हुबली, दार्जिलिङ, कोटा, अजमेर, जमसेदपुर, जोधपुर, बरोदा, अहमेदाबाद, चन्डीगढ, नागापठ्ठीनाम, सलेम, कांचीपपुरम, तामिलनाडु, नेल्लोर, तिरुपती, अनन्तपुर आन्ध्रप्रदेश, पोन्डीचेरी, जालन्धरमा यसको प्रयोग गरिएको स्थिति छ ।
एन्टीरेबीज खोप उपयोगिता परीक्षण
विश्व स्वास्थ्य संगठनका अनुशार सामुदायिक कुकुरको जनसङ्ख्याको ७० प्रतिशतलाई एन्टीरेबीज खोप लगाउने हो भने रेबीजबाट हने मृत्यु न्यून हुन्छ । सामुदायिक कुकुरको जनसंख्यालाई एन्टीरेबीज खोप लगाउनु भनेको रेबीज उन्मूलनको किफायत रणनीति मानिन्छ । मानिसमा रेबीज रोग निर्मूल गर्न कुकुरको रेबीज रोग नियन्त्रण जरुरी छ । सामुदायिक कुकुरको जनसंख्यालाई एन्टीरेबीज खोप लगाउनु भनेको रेबीज रोग निर्मूल गर्ने लक्ष्य हासिल गर्नका लागि किफायती रणनीति मानिन्छ । यो नै मानिसमा रेबीज रोगको एउटै दीर्घकालीन समाधान पनि हो ।
जन्म दर नियंत्रण र एन्टीरेबीज खोप कार्यक्रमको उपयोगिता
जनावरमा जन्म दर नियन्त्रण र एन्टीरेबीज खोप कार्यक्रमको निम्न उपयोगिता कार्यक्रम सञ्चालन भएका सहरमा देखिएका छन् ।
सामुदायिक कुकुरको जनसंख्या घटेको । कुकुरको टोकाइका घटना कम भएको । रेबीजका कारण हुने मृत्यु कम भएको ।
जन्म दर नियन्त्रणका फाइदा स्थायी, एकै पटकमा समस्या समाधान । आफ्नो पुरानो ठाउँमा पुनस्र्थापित कुकुरले नयाँ कुकुरलाई आफ्नो क्षेत्रमा आउन दिँदैनन् । स्थानीय जनसमुदायसँग परिचित सहज रुपमा घुलमिल हुने । मुसाजन्य जीवको संख्या नियन्त्रण, आफ्नो टोलको सुरक्षा गर्ने । टोलको कुकुरहरुको औसत आयु ४÷५ वर्ष मात्र हुन्छ । कुकुरबाट हुने टोकाइका घटना न्यून हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण