विश्वकै पिरो खुर्सानी खाँदा घाँटीमा प्वाल नै पर्यो
न्युयोर्क – हालै अमेरिकामा एक व्यक्तिले विश्वकै पिरो मानिएको घोस्ट पेपर नामक खुसार्नी खाँदा घाँटीको तल्लो भागमा रहेको खाना नलीमा प्वाल नै परेको छ ।
जर्नल अफ इमरजेन्सी मेडिसिनमा प्रकाशित रिपोर्टमा ती व्यक्तिको नाम भने उल्लेख गरिएको छैन । जर्नलमा ती व्यक्तिले खाना खाने एक प्रतियोगितामा घोस्ट पेपर वा भुत जोलोकिया नाम गरेको खुर्सानीको प्युरी बर्गरको माथिल्लो भागमा लगाएर खाएका थिए ।
घोस्ट पेपरलाई सन् २००७ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबैभन्दा पिरो खुर्सानी भनेर मान्यता दिइएको थियो ।
निकै पिरो खाना सक्ने बित्तिकै उनलाई वाकवाक आउने र भोमिट हुन थाल्यो । यसको साथै उनको पेट र छाती पनि दुख्न थाल्यो ।
स्थिति बिग्रिएपछि उनलाई अस्पतालको इमरजेन्सीमा लगेर भर्ना गरियो । त्यहाँ उनको खानाको नलीमा प्वाल परेको पत्ता लाग्यो ।
उनको पेटको स्क्यान गर्दा उनको शरीरमा हावा, तरल र खाना जमेको देखियो । लगत्तै डाक्टरहरुले उनको आपत्तकालिन अपरेशन गर्ने निधो गरे । त्यति बेला डाक्टहरुले उनको नलीमा २.५ सेन्टिमिटर ठूलो प्वाल परेको थियो ।
उनी करिब २३ दिनसम्म अस्पताल बस्नुपरेको थियो ।
यस्तो घटना निकै कम हुने भए पनि निकै जोखिमपूर्ण मानिन्छ किनभने यसलाई पत्ता लगाउन निकै गाह्रो हुन्छ । ४७ वर्षका भनिएका ति व्यक्ति भने भाग्यमानी ठहरिए । सफल अप्रेशनपछि अब उनी त्यो ठीक हुने प्रक्रियामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण