निलो आँखा भएका पाकिस्तानका चर्चित चिया बेच्ने व्यक्तिबारे थाहा पाउनै पर्ने १० तथ्य
पाकिस्तानका अर्सद खान एकै दिनमा चिया बेच्नेबाट मोडल बने । उनले सायद सपनामा पनि सोचेका थिएनन् होला, उनी रातारात एक स्टार बन्ने छन् र यति धेरै चर्चित हुनेछन् । पाकिस्तानी फोटोग्राफर जिया खानले १८ वर्षे उनलाई इतवार बजारमा भेटिन् । उनले यो फोटो सोसल मिडियामा अपलोड गरेपछि उनी एकाएक चर्चित बने ।
महिलाहरु उनीमाथि फिदा भएका छन् । उनीसँग सेल्फी लिन मरिहत्ते गरिरहेका छन् । यति मात्र होइन, उनले इस्लामावादको एक चर्चित स्टोरका लागि मोडलिङको कन्ट्र्याक्ट पनि साइन गरिसकेका छन् । इन्टरनेटको सेन्सेसन बनिसकेका उनीबारे केही कुरा जान्न मन लागेको छैन ?
इन्टरनेटका नयाँ सनसनी बने पाकिस्तानका यी चिया बेच्ने व्यक्ति, सुन्दरीहरु उनीमाथि फिदा
छ भने, यहाँ दिइएका जानकारी पढ्नुहोस् ।
१. हामीले अघि नै भनिसक्यौं, उनी १८ वर्षे ठिटो हुन् । वाह ! यति कम उमेरमा ज्यानै लिने स्वरुप । २. उनको मूल घर पाकिस्तानको खाबर–पाखतुन्ख्वा प्रान्तमा पर्ने मार्दान शहरमा अवस्थित छ । ३. उनको बुवाले दुई पटक विवाह गरे र उनका १७ जना दाजु भाइ, दिदि बहिनी छन् । ४. उनी कहिले पनि विद्यालय गएनन् किनभने उनको परिवारले उनको शिक्षाको खर्च उठाउन असमर्थ थियो । ५. चिया स्टल खोल्नुभन्दा पहिले उनी फलफूल बेच्दथे । ६. उनी सोसल मिडियामा पनि सक्रिय छन् । उनको ट्वीटर अकाउन्ट छ । ७. उनको फोटो भाइरल भएलगत्तै ५० देखि ६० महिला उनको चियाको स्टलमा सेल्फी लिन पुगेका थिए । ८. उनलाई पाकिस्तानी फिल्मको लागि अफर दिइएको छ, स्येद नुरको अर्को फिल्ममा उनको अभिनय देख्न पाइन्छ । ९. र, हामी सबैलाई थाहा छ कि उनी फिटिन डट पीकेका लागि मोडलिङ गर्दछन् । १०. उनलाई लाग्छ, उनी शाहरुख खानजस्तै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण