मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

६ वर्षे बालकको प्रतिभा यस्तोः एक महिनामा कमाउँछन् १ लाख

शनिबार, ०६ कात्तिक २०७३, १२ : ०७
शनिबार, ०६ कात्तिक २०७३

‘हुने बिरुवाको चिल्लो पात’ सायद यो भनाई यस्तै बालकलाई वर्णन गर्नका लागि बनाइएको हो। हुन त यी बालकको उमेर ६ वर्ष हो, तर उनीभित्रको प्रतिभा कुनै वयस्क वा परिपक्क व्यक्तिको भन्दा कम छैन । यी बालक आफ्नो यहि प्रतिभाले महिनामा १ लाख रुपैयाँ कमाउँछन् । उनले एक ‘कुकरी सो’ गर्नुका साथै सोसल मिडियामा पनि निकै ट्रेन्ड गरिरहेका छन् । ६ वर्षीय साना सेफ निहाल–राजलाई खान बनाउने शौख छ । उनको ‘लिटिल सेफ’ को रुपमा संसारभरी परिचित हुने रहर छ । ‘किच्याटयूब’ मा राखिएको उनको भिडियोमार्फत उनले लाखौं कमाउने गर्दछन् ।

यसरी लञ्च गरियो ‘यूट्युब’ च्यानलः निहाल केही वर्ष अघि आफ्नी आमालाई किचनमा सहयोग गरिरहेका थिए । त्यहि क्रममा उनका बुवाले उनको भिडियो बनाएर आफ्नो फेसबुक पेजमा सेयर गरे । मानिसहरुले जब उनको यो भिडियोलाई मनपराए र सकारात्मक टिप्पणी दिए तब निहालका बुवाले यूट्युब च्यानल ‘किच्याटयूब’ बनाउने निर्णय गरे । जसमा निहालको भिडियो राख्न थालियो । निहाल राजको जनवरी सन् २०१५ मा युट्युब च्यानल लञ्च भयो ।

निहालको ‘कुकरी शो’ उनी युट्युब च्यानलमा आफ्नै ‘कुकरी शो’ पनि चलाउँछन् । उक्त कार्यक्रममा उनी नौला खानेकुरा बनाउँछन् । नुनिलो खानेकुराभन्दा उनी डेजर्ट बनाउन शौखिन छन् । मिकी माउस म्यागो रेसिपीबाट उनले फेसबुकमा निकै चर्चा कमाए । त्यसपछि उनले प्रत्यक्ष कार्यक्रम गर्न सुरु गरे । निहाल राजको भिडियो सेयर गर्नका लागि फेसबुकमा एउटा स्लट पनि दिइयो । यो स्लटमा पनि उनलाई २ हजार डलर दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप