दाह्री आएनन्, यसो गर्नुस्
सोमबार, ०८ कात्तिक २०७३, ११ : ४४
अहिले युवामा दाह्री पाल्ने फेसन नै चलेको छ । केही फरक देखिन चाहनेहरूले आफ्नो दाह्री र जुँगालाई विभिन्न स्टाइल दिन सक्छन् । तर, कतिपय युवा चाहना हुँदाहुँदै पनि आफ्नो अनुहारमा रौँ नआएर चिन्तित हुन्छन् । अनुहारमा रौँ बढाउन चाहनेलाई भारतीय हेयर क्लिनिककी डा। एस सरिनको सुझाब यस्तो छः
यस्तो पनि फाइदाजनक
दाह्री र जुँगा पाल्ने सोख पुरुषमा धेरै पहिलादेखि नै छ । केही युवा भने चाहना हुँदाहुँदै पनि आफ्नो अनुहारमा दाह्रीजुँगाको स्टायल बनाउन सक्दैनन् । अनुहारमा रौँ नपलाउने समस्याले यस्तो भएको हो । तर, केही तरिका अपनाउँदा अनुहारमा रौँ बढाउन पनि सकिन्छ ।
भिटामिन ए, बी, सी तथा ई सेवन गर्दा अनुहारमा रौँ बढाउन मद्दत गर्छ । तीमध्ये पनि भिटामिन बीको महत्व बढी हुन्छ । खानामा भिटामिन बी १, बी ६, बी १२ समावेश हुन अति जरुरी छ । यसका लागि सी फुड, अन्डा, दूध, दही, मासु तथा हरियो तरकारी सेवन गर्नु राम्रो हुन्छ ।
अनुहारको नियमित मसाज गर्दा पनि फाइदाजनक हुन्छ । यसो गर्नाले अनुहारमा रक्तसञ्चार सही तरिकाले हुन्छ र रौँ पलाउन पनि सहयोग गर्छ । आफ्नो खानामा प्रोटिनको मात्रा बढाउन सकिन्छ । माछा, मासु, अन्डा तथा बदाममार्फत पर्याप्त प्रोटिन पाउन सकिन्छ । यसको प्रभाव चाँडै नै अनुहारमा देख्न पनि सकिन्छ । पानीविना यो पनि सम्भव छैन । त्यसैले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ ।
यसका साथै तनावलाई सकेसम्म टाढा नै राख्नुपर्छ । यसलाई कम गर्न योग गर्न सकिन्छ । यसको सकारात्मक प्रभाव चाँडै देखिन्छ र अप्रत्यक्ष रूपमा हेयर ग्रोथलाई पनि सहयोग पु¥याउँछ । अनुहार सफा राख्न बिहान र बेलुका क्लिन्जर प्रयोग गर्न सकिन्छ । सातामा एक दिन एक्स्फोलियट गर्नाले छालामा रहेको मृत कोषिका बाहिर निस्कन्छ ।
प्राकृतिक उपाय
तोरीको पातलाई पेस्ट बनाएर त्यसमा अमलाको तेलका केही थोपा मिसाउने । सो पेस्टलाई रौँ आवश्यक रहेको अनुहारको भागमा लगाउने । त्यसलाई १५ देखि २० मिनेटसम्म त्यत्तिकै छाड्ने । त्यसपछि चिसो पानीले पेस्ट पखाल्ने । मनतातो वा तातो पानी प्रयोग गर्नु हुँदैन । यो प्रक्रिया हप्तामा तीनपटक गर्न जरुरी छ । बिस्तारै अनुहारमा फरक अनुभव हुन्छ ।
यसो गर्नु हुँदैन
यदि तपाईं धूमपान गर्नुहुन्छ भने अनुहारमा बाक्लो दाह्री पाल्ने चाहना पूरा गर्न समस्या पर्छ । यसको असरले अनुहारको चमक घट्छ । चुरोटमा रहेको निकोटिनले शरीरमा ब्लड सर्कुलेसनलाई कमी गराउँछ । धूमपानले रौँ झर्न पनि मद्दत गर्छ । त्यसैले धूमपानलाई पूरै निरुत्साहित गर्नुपर्छ । यसको विकल्पमा फलफूल, दूध, दही, बदाम तथा शरीरलाई ताजा बनाइराख्ने पेय पदार्थ पिउनु राम्रो हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण