सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

ब्युटिसियनका कुरा : अनुहार, आँखा र ओठमा यसरी गर्ने श्रृङ्गार

शुक्रबार, १९ कात्तिक २०७३, १२ : ५४
शुक्रबार, १९ कात्तिक २०७३
अनुहारमा अनुहारलाई सफा पानीले पुछेर क्लिन्जिङ गरिदिने । मेकअप गर्नुअगावै क्लिन्जिङ गर्ने । त्यसपछि पुछेर टोनर लगाई एन्टिसनस्किन क्रिम लगाउने । त्यसपछि फाउन्डेसन लगाउने । फाउन्डेसन लगाउँदा अनुहारको उठेको भागमा डार्क कलर प्रयोग गर्नुपर्छ । त्यसपछि अनुहारमा लाइट फाउन्डेसन प्रयोग गर्ने । अनुहारमा तिलकोठी अथवा अरू कुनै दाग भए कन्सिलर  लगाउने अनि कम्प्याक्ट पाउडर लगाई अन्य मेकअप गर्ने । त्यसपछि टोनर लगाई फाउन्डेसन वा पेन स्टिकको  सहायताले अनुहार, घा“टी, पिठ्यु“को भाग र कानमा बेस तयार गर्ने । ती सबै भागमा कम्प्याक्ट पाउडर लगाउने । आँखा र ओठमा आँखीभौँमा आइब्रो पेन्सिलले मिलाउने । आँखामा लाइट पिंक वा गोल्ड हाइलाइट गर्ने । ड्रेसको रंगअनुसार आँखाको स्याडो लगाउने । आँखामाथि आइलाइनर, मुनि गाजल लगाउने वा मस्कारा प्रयोग गर्ने । ओठमा हल्का डार्क कलरको लिपलाइनर लगाउने । रातो कलरको लिपस्टिक लगाउने । आँखाको छाया र लिपस्टिक नमिले आँखाको स्याडोको  कलर लिपस्टिकमा हल्का छुवाइदिने । यसले लिपस्टिक धेरै बेरसम्म टिक्नुका साथै राम्रो पनि देखिन्छ । आँखाको कोषमा सामान्य ग्लिटर प्रयोग गर्न सकिन्छ । थप २ टिप्स १. पार्टीमा जान या कुनै कार्यक्रममा जानुभन्दा पहिले मेकअप र त्यसपछि लुगा लगाउनुपर्छ । अनि मात्र कपालको डिजाइन गर्नुपर्छ । २. कपालमा जुरो बनाउँदा अनुहारको आकार हेरेर बनाउने । यसरी बनाएको जुरोले सुन्दरतालाई थप निखार्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप