शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

ओठ फुट्न थाल्यो ? जाडोमा ओठको सुन्दरतालाई कायम र सुरक्षित राख्ने ‘ब्यूटी टिप्स’

शनिबार, २७ कात्तिक २०७३, १० : ४१
शनिबार, २७ कात्तिक २०७३

काठमाडौं – सुन्दरताको परिभाषा मान्छेपिच्छे फरक हुन्छ त्यसकारण त मानिसहरु भन्ने गर्छन्, सुन्दरता वस्तुमा नभई आँखामा हुन्छ । तर पनि सुन्दरतामा विशेष महत्व राख्ने ओठ गुलाबी, पिपलपाते पातलो र टम्म परेको देखिए त्यसलाई आकर्षक ओठको संज्ञा दिइन्छ । सुन्दरताको दृष्टिकोणले मात्र नभई शरिर कत्तिको स्वस्थ छ भन्ने कुरा ओठको रंगले पनि दर्साउँछ । गुलाबी रंगको ओठले स्वास्थ्य शरिर र शुद्ध रगत भएको दर्साउँछ ।

ओठले मानिसको सुन्दरतामा ठूलो महत्व राख्ने भएकाले यसको विशेष स्याहार गर्न आवश्यक छ । नेपालीहरुले आफ्नो अनुहारको जति नै स्याहार गरेपनि महत्वपूर्ण अंग ओठलाई भने बिर्सन्छन् त्यसकारण जाडो महिनामा ओठ फुट्ने, कालो हुने र भद्दा देखिन्छ । अनुहारलाई आकर्षक देखाउन क्रिम पाउडरको विभिनन पत्र लगाएपनि यस्तो ओठले ती सबै मेहनतलाई फिका बनाइदिन्छ त्यसकारण ओठलाई सुन्दर, आकर्षक र स्वास्थ्य बनाउने केही उपायबारे यहाँ चर्चा गरिएको छ ।

आवश्यक सामग्रीहरु : नौनी घ्यू, दुधको तर, लिपबाम, लिपग्लस, वेट लिपग्लस, भ्यासलिन, मोइस्चुराइजर भएका विभिन्न रङका वा कपडाको रंगसंग मेलखाने लिपिस्टिक ।

जाडो मौसममा ओठ बिग्रनु, फुट्नु, वा कालो हुनुका विभिन्न कारण छन् । यस्तो अवस्थामा ओठ रुखो र भद्दा देखिन्छ । ओठ धेरै फुटेपटि कसैको त रगतसमेत आउँछ । फलस्वरुपः मानिसको आकर्षणमा कमी र व्यक्तित्वसमेत हल्का हुन्छ । ओठ कालो हुनुका विभिन्न कारणहरु छन्ः जसमध्ये कसैको ओठ जन्मजात नै कालो हुन्छ भने कसैको प्राकृतिक रुपमै हुनछ । कसैले भने सस्तो लिपिस्टिक प्रयोग गरेर वा कसैले धुम्रपान, चिया कफीको सेवन उच्च मात्रामा गरेर पनि ओठ कालो हुने गर्दछ ।

– ओठ फुट्नुका कारण सुख्खा हावा र अत्यन्त ठण्डी, शरीरमा पानीको कमी र ओठमा कुनै पनि चिल्लो पदार्थ नलगाउनाले हुन्छ ।

उपायहरु : - ओठलाई नरम राख्न प्रशस्त मात्रामा पानी पिउनुका साथै ओठमा कुनै पनि चिल्लो पदार्थ जस्तैः नौनी, दुधको तर, चिपिस्टिक, कोल्डक्रिम आदिको प्रयोग गर्दा ओठ फुट्दैन भने यसो गर्दा ओठ सुन्दर, सफा, चम्किलो र आकर्षक देखिन्छ । -  लिपिस्टिकको प्रयोग गर्दा उच्चस्तरको ब्राण्डको नै गर्नु पर्दछ । यसले ओठलाई बिग्रन दिँदैन । याद राख्नुहोस्, सस्तो मूल्यको लिपिस्टिकले ओठमा कालोपना निम्त्याउँछ ।

यदि लिपिस्टिकबाट एलर्जी छ भने नन् एलर्जी लिपिस्टिक नै लगाउनु पर्दछ ।

लिपिस्टिक धेरै पुरानो भए प्रयोग नगर्नुहोस् ।

ओठ टोक्ने बानी छ भने यसलाई तुरुन्त हटाउनुहोस् ।

तातो तातो ओठ नै डाम्ने गरी चिया, कफी, चुरोट नपिउनुहोस् । ओठ फुटेर पाप्रो बसेको छ भने नउप्काउनुहोस् ।

नियमित गुलाबको फूलको रातो अथवा गुलाबी फूलको रस लगाएमा प्राकृतिक लालिमा आउँछ ।

गुलाब जल र मह मिसाएर ओठमा लगाएमा फुटेको ठिक हुन्छ ।

ओठमा केशर र मख्खन मिलाएर लगाएमा दुई चार दिनमा नै कालोपना हराएर जान्छ र रातोपना आउँदछ ।

ओठलाई स्वस्थ र आकर्षक बनाउन खानामा प्रोटिन, भिटामिन, फलामको तत्व प्रशस्त मात्रामा समावेश गर्नुपर्दछ ।नोट : अनुहारको सम्पूर्ण श्रृंगार गरेता पनि यदि ओठको श्रृंगार गरिएको छैन भने सम्पूर्ण श्रृंगार अधुरो रहन्छ । त्यसैले सौन्दर्य प्रेमी हरेक व्यक्तिले यो कुरालाई ध्यानमा राख्न जरुरी छ ।

तरिका : पहिले ओठलाई क्लिंजिङ गर्ने र लिपबाम लगाएर फाउण्डेशन लगाउने त्यसपछि लिप आउटलाइनरले ओठको सेप बनाउने । ओठमा लाईन तान्दा जुन रंगको लिपिस्टिक लगाउने हो, त्यो भन्दा गाढा आउट लाईन कोरेमा त्यो प्रष्ट हुन्छ र राम्रो देखिन्छ । अब लिपब्रसले कपडाको पहिरनसँग मेल खाने लिपिस्टिक लगाउने । त्यसमाथि लिपग्लस लगाउने । यसले ओठको सुन्दरतामा बृद्धि गर्छ । वेटलिपले पनि ओठ चम्काउन मद्दत गर्छ । भ्यासलिनले ओठ फुटेको ठिक पार्दछ । लतपत भएको लिपिस्टिक पुछ्न टिस्यु पेपरमा भ्यासलिन हालेर नचाहेको ठाउँमा पुछ्नुहोस् । चिपिस्टिकको प्रयोगले फुटेको ठिक गर्न सकिन्छ । किशोरीहरुले भने लिपिस्टिकको सट्टा लिपग्लसको नै प्रयोग गर्दा ओठको सुन्दरतामा अझ वृद्धि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप