इन्गेजमेन्ट भएको ६३ वर्षपछि विवाह
बेहुलीको परिवारले जबर्जस्ती इन्गेजमेन्ट तोड्न दबाब दिएको लगभग ६५ वर्षपछि एक जोडी प्रणय सूत्रमा बाँधिएका छन् । डेभी मोआकेज, ८६ र हेलेन एन्ड्रे, ८२, आर्ट कलेज पढ्ताका प्रेम बन्धनमा बाँधिए । डेभीले एन्ड्रेलाई सन् १९५१ मा विवाहको प्रस्ताव राखे ।
इन्गेजमेन्ट गरेको दुई वर्ष पछि उनकी भावी श्रीमतीका परिवारले यदि उनी कलाकार भए आफ्नो परिवारका लागि केही गर्न नसक्ने भन्दै सम्बन्ध तोड्न छोरीलाई दबाब दिए । फलस्वरुप, उनीहरुको सम्बन्धमा तुषारापात छायो ।
पाँच विवाह पश्चात् यी दुई गत वर्ष पुनः एक अर्काको सम्पर्कमा आए । यो जोडीलाई पुनः मिलाइदिने बन्दोबस्त गरिदिइन् डेभी एन्ड्रेकी छोरी डेब्बी विलियम्सले । गत शुक्रबार डर्बिस्हायरको रजिस्टार अफिसमा विवाह गरे ।
साइप्रसमा हनिमुनमा मनाइरहेको यो जोडीकी नयाँ दुलहीले आइतबार भनिन्, ‘मेरो सबै सपना साकार भएका छन्, म जस्तो खुसी यो संसारमा को होला र ?’
‘जब म १९ वर्षको थिएँ र जब मलाई मेरा आमा बुवाले उनीसँग विवाह गर्न रोकेका थिए तब म निकै विक्षिप्त भएकी थिएँ । विवाह गर्ने म थिएँ तर निर्णय उहाँहरुको थियो । उहाँहरु भिक्टोरियन किसिमका थिए ।’
‘मैले डेभीलाई जिन्दगीभर मन पराएँ र मैले उनलाई अहिले पाएकी छु । म उनीसँगको प्रत्येक मिनेट इन्जोय गरिरहेकी छु । म टिनएजरजस्तो महसुस गरिरहेकी छु । साँच्चै, हामीबिच केही कुरा पनि परिवर्तन भएको छैन ।’
उनको पुर्नमिलन एउटा मूर्तीले सम्भव गरायो ।
सन् २०१० मा उनको तेस्रो श्रीमान्को मृत्यु भएपछि अल्फ्रेन्टोन, डर्बिस्हायरमा रहेकी उनकी छोरीसँग बस्दै आएकी थिइन् । एक दिन नजिकैको साउथ नम्यान्टनमा घुम्न जाँदा उनले एड्रिन मोआकेजको हस्ताक्षर भएको मूर्ती देखिन् ।
सोसल मिडियामा खोजी गरेपछि मूर्तीकार उनका पूर्व प्रेमीका ५७ वर्षीय कान्छो छोरा भएको पत्ता लाग्यो ।
उनकी छोरीले डोन्कास्टरमा रहेका वृद्ध मोआकेजलाई सम्पर्क गरिन् तर त्यतिबेला उनी अल्जाइमर रोगले पीडित आफ्नी दोस्रो श्रीमती मार्गरेटको हेरबिचारमा व्यस्त थिए । १८ महिना अघि उनको श्रीमतीको मृत्यु भएपछि समवेदना दिन उनलाई पुनः सम्पर्क गरियो ।
मोआकेज पछि अल्फ्रेन्टोनमा सिफ्ट भए र उनलाई अक्टोबरमा प्रस्ताव राखे । उनले भने, ‘हामीबिचको सम्बन्ध निकै बलियो छ । यतिका वर्ष बितिसक्यो तर हामी उस्तै छौं, हाम्रो माया उस्तै छ । हामीबिच सबै कुरा निकै राम्रो छ, पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण