१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित
अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् ।
यसमा अचम्म लाग्दो कुरा के छ भने केटले आफ्ना जुम्ल्याहा छोरीलाई एकैपटक गर्भधारण नभई १० दिनको अन्तरालमा गर्भधारण गरेकी हुन् ।
योभन्दा पहिले केटले गर्भधारणका लागि ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ नामक हर्मोन सम्बन्धि समस्याको उपचार गराइरहेकी थिइन् । तर गर्भधारण गरेको १० दिनभित्र असुरक्षित यौन सम्पर्क गरेपछि दोस्रोपटक गर्भाधान गरेकोमा डाक्टरसमेत अचम्मित छन् ।
डाक्टरलाई मान्ने हो भने, यदि महिलाले दुई अण्डकोष तयार गरिन् वा गर्भधान गरिसकेको अण्डकोष दुई भाग भए मात्र यस्तो सम्भव छ ।
अहिले केटका दुबै छोरीहरु शार्लेट र ओलिविया स्वस्थ छन् । दुबैको जन्म १० महिना पहिले भएको थियो ।
अहिलेसम्म संसारभरी यस्तो अचम्मको केस केटलगायत अन्य ९ महिलाहरुको मात्र दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण