शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

किन खिइन्छ जोर्नी ?

शनिबार, ११ मङ्सिर २०७३, ०९ : ५०
शनिबार, ११ मङ्सिर २०७३
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ । घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियो अर्थराइटिस भनिन्छ । कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ । केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिँड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ । शरीरको कुनै भित्री भाग सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यस प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ । बाथका कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप