छोरा जन्माउन चाहनुहुन्छ ? पत्रिकाले बतायो ६ तरिका
केरलको पत्रिका मंगलमले महिलालाई यस्ता ६ तरिकाबारे जानकारी दिएको छ जसलाई अपनाएर, पत्रिकाका अनुसार उनीहरुले छोरा जन्माउन सक्छन् ।
स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको पानामा छापिएको लेख अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्र्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् ।
यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि उक्त पत्रिकाले बताएको छ ।
लेखका अनुसार हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह पत्रिकाले दिएको छ ।
स्मरण रहोस्, माथि उल्लेखित सबै कुराहरु मेडिकल साइन्सले पुष्टि गरेको छैन ।
महिलाको अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ ।
पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिंग परिक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । कमसेकम यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’
चिकित्सक शाजिया मलिकका अनुसार छोरा छोरी जन्मने भनेको भाग्यको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण