निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष थापा
पोखरा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन्
मिडिया नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने — ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन् ।’
अध्यक्ष थापाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको, प्रदेश नं ५ का जनता आन्दोलित भएको र केही राजनीतिक दलले निरन्तर संसद् अवरुद्ध पारिरहेकाले नयाँ समझदारीका साथ विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिदैं विधेयकलाई संसद्मा पेस गर्र्न नदिई संसद् अवरुद्ध गर्नु प्रजाताािन्त्रक मूल्य र मान्यताले उपयुक्त नभएको बताए ।
राप्रपा सत्तारुढ दल भए पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी दिनमा गर्ने व्यवहार, गुण र दोषका आधारमा काम गर्ने धारणा राखे ।
राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले अन्य मुलुकमा भैm अङ्गिकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछि मात्रै अरु नागरिकसरह मान्यता दिनुपर्नेमा जोड दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण