गहुँको बीउमा आत्मनिर्भर बन्दै रोल्पा
रोल्पा - रोल्पा जिल्ला गहुँको बीउमा आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका नायब प्राविधिक सहायक अनिलकुमार शर्माले जानकारी दिए ।
उहाँका अनुसार आर्थिक वर्ष २०७२/७३ मा गहुँको बीउका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय बीउबिजन कम्पनी शाखा कार्यालय नेपालगन्जबाट १६० क्विन्टल गहँुको बीउ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३.७५ प्रतिशत बीउ गत वर्षको तुलनामा कम आयात गरिएको छ ।
जिल्लामा यस वर्ष ८८ हेक्टर जमिनका लागि डब्लु के बाह्र सय चार– १०० क्विन्टल, डाँफे दुई क्विन्टल र गौतम चार क्विन्टल गरी जम्मा १०६ क्विन्टल गहँुको बीउ प्रयोग भएको छ । यसबाट २१७२ क्विन्टल बीउ उत्पादन हुने लक्ष्य लिइएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिन। उनका अनुसार केहीवर्ष पहिलेसम्म परम्परागत तरिकाले स्थानीय बीउ नै प्रयोग हुँदै आएकामा पछिल्ला दिनमा उन्नत बीउ उन्नत तरिकाले सुरुवात भएपछि गहुँको बीउमा जिल्ला आत्मनिर्भर बन्दै गएको हो ।
श्रेष्ठका अनुसार जिल्लाका सबै गाविसमा गहँु उत्पादन हुँदै आएको भए तापनि बीउ उत्पादनका लागि जंकोट, कोटगाउँ, खुंग्री, बडाचौर, लिबाङ, नुवागाउँलगायतका गाविसमा बीउ उत्पादनको राम्रो सम्भावना रहेको छ ।
यसरी गहुँ खेतीका लागि भनेर कार्यालयले कृषकलाई जिल्लामा पाँचवटा मिनी टिलर वितरण गरेकोे छ । मिनी टिलर महिलाले पनि चलाउन सकिने, समयको बचत हुने, खेती गर्दा लगानी कम लाग्ने भएको हुँदा किसान उत्साहित भएका छन् ।
अधिकांश परिवारका पुरुष वैदेशिक रोजगारीका लागि जिल्ला बाहिर रहेको हुँदा महिलाले पनि यसको प्रयोग गर्न सहज हुने भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । पछिल्ला दिनमा यसतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण