कागतीको बोक्राले अनुहार गोरो हुन्छ, यस्तो छ यसको १० प्रयोग
साधारणतया कागतीको बोक्रालाई फ्याकिन्छ । तर यो छालाको लागि थुप्रै प्रकारले फाइदाजनक हुने कुरा तपाईंमध्ये धेरैलाई थाहा छैन होला । यसका साथै कागतीको बोक्रा सफाइको लागि पनि प्रयोग गर्न सकिन्छ । कागतीको बोक्रालाई घाममा सुकाउनुहोस् र यसको पाउडर प्रयोग गर्न सक्नुहुन्छ । हामी कागतीको बोक्राका १० प्रयोग बारे बताउँदै छौं ।
कागतीको बोक्रलाई पिसेर दुधमा मिसाउनुहोस् । यो पेस्टलाई अनुहार वा अन्य भागमा लगाउनुहोस् । यसो गर्दा छाला गोरो र चम्किलो हुन्छ ।
कागतीको बोक्रालाई जुत्तामा रगड्नुहोस् र केही बेर घाममा सुकाउनुहोस् । यसो गर्दा जुत्तामा चमक आउँछ ।
फ्रिजमा कागतीको बोक्रा राख्दा यो गन्हाउँदैन । यसले फ्रिजमा खानाको गन्धलाई हटाउन मद्दत गर्दछ ।
कागतीको बोक्रालाई मसिनो गरेर काट्नुहोस् । यसमा दुध, जैतुनको तेल र कागतीको रस मिसाएर खुट्टाको फुटेको कुर्कुच्चालाई सफा गर्नहोस् ।
कागतीको बोक्रालाई सुकाउनुहोस् र पिस्नुहोस् । यो पेस्टमा गुलाब जल मिसाएर स्क्रबको रुपमा प्रयोग गर्नुहोस् ।
कागतीको बोक्रामा बेकिङ सोडा मिसाएर सिसाको झ्याल र ढोकाको सफाई निकै सजिलै गर्न सक्नुहुन्छ ।
जहाँ कमिला आइरहेका छन्, त्यहाँ कागतीको बोक्रा रगड्दा कमिला आउन बन्द हुन्छ ।
चियादानीमा कागतीको बोक्रा, बरफ र नुन हालेर सफा गर्नुहोस् । यसो गर्दा चियादानी चम्कनेछ ।
कागतीको बोक्रामा आधा चम्चा बेकिङ सोडा हाल्नुहोस् र कुहिनामा रगड्नुहोस् । यसले कुहिनाको मयल निकाल्न सहयोग गर्दछ ।
कपडामा लागेको दाग हटाउनका लागि कागतीको बोक्राले दागमाथि रगड्नुहोस् र यसलाई रातभरी सुक्न दिनुहोस् । बिहानसम्म दाग सफा रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण