बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह

बिहीबार, २५ असार २०८३, २० : ३८
बिहीबार, २५ असार २०८३

विराटनगर ।  मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै सङ्घले पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्घका अध्यक्ष राठीले विद्युत् नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्नगइ डढ्ने र उत्पादन पूर्ण रुपमा खेर जाने बताए । 

उनले विद्युत् आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप