रौतहटमा नहरमा महिलाको शव फेला
सारांश
- रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान नहरमा एक महिलाको शव फेला परेको छ।
- मृतक परोहा नगरपालिका–५ निवासी २४ वर्षीया मुस्कान खातुन भएको प्रहरीले जनाएको छ।
- पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल गौर पठाइएको छ र मृत्युको कारण अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान एक महिलाको शव नहरमा फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
बिहीबार बिहान करिब ७ः२० बजे राजपुर नगरपालिका–३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा महिलाको शव रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट अपराध अनुसन्धान टोलीसहित प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी २४ वर्षीया श्रीमती मुस्कान खातुन हुन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। उनी यसअघि पनि घरबाट हराएकी थिइन् र उनको खोजतलासका लागि प्रहरीमा उजुरीसमेत परेको थियो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र खुल्ने डीएसपी गौतमले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण