मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरेका छन्।
बिहीबार स्थानीयले नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन प्रभावित पारेको आरोप लगाउँदै प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन्।
आन्दोलनका क्रममा प्रदर्शनकारीले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’ लगायतका नाराबाजी गरेका थिए।
स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। तर त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइँदा नगरपालिकाको प्रशासनिक र वित्तीय काम प्रभावित भएको उनीहरूको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, बजेट कार्यान्वयन र भुक्तानी प्रक्रिया अवरुद्ध भएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन्। उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलमाथि पनि मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएर स्थानीय तहलाई समस्यामा पारेको आरोप लगाएका छन्।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेन डाउन आन्दोलन गरेका थिए। बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारी पनि भुक्तानी नपाएको भन्दै प्रभावित भएको स्थानीयको भनाइ छ।
यसैबीच, सर्वोच्च अदालतले मौलापुर नगरपालिकाका निःशुल्क बिजुली र खानेपानीलगायतका कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको भए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावमा आदेश कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ।
मौलापुर नगरपालिकाकी प्रमुख रीना साहले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित पारेको आरोप लगाएकी छन्। बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा कर्मचारी रिक्त राखेर स्थानीय तहलाई गतिरोधतर्फ धकेलिएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण