फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल खेलमा आज दुई शक्तिशाली टोली फ्रान्स र मोरोक्को आमनेसामने भएका छन्।
अमेरिकाको बोस्टन स्टेडियममा केही नेपाली समयअनुसार बिहान पौने २ बजे सुरु भएको यस खेलमा दुवै टोली सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।
साविक उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने दाउमा छ। सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सका लागि यस प्रतियोगितामा स्टार फरवार्ड केलियन एम्बाप्पे मुख्य आकर्षण बनेका छन्।
यस विश्वकपमा अहिलेसम्म पाँच खेलमा ७ गोल गरिसकेका एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि छन्।
आजको खेलमा एम्बाप्पेले आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिँदै गोल गर्न सक्छन् वा सक्दैनन् भन्नेमा फुटबल प्रेमीहरूको नजर टिकेको छ।
अर्कोतर्फ, मोरोक्कोका लागि यो खेल बदला लिने एउटा ठुलो अवसर हो। सन् २०२२ को कतार विश्वकपमा ऐतिहासिक यात्रा गर्दै सेमिफाइनल पुगेको मोरोक्को फ्रान्ससँगै पराजित हुँदै बाहिरिएको थियो। आज बोस्टनमा मैदान उत्रिँदा मोरोक्कोको टोली चार वर्षअघिको सोही हारको बदला लिँदै पुनः इतिहास रच्ने दाउमा छ। यद्यपि, मुख्य फरवार्ड इस्माइल साइबारीको चोट मोरोक्कोका लागि टाउको दुखाइको विषय बन्न सक्छ। मोरोक्कोका प्रशिक्षकले फ्रान्सको आक्रमणलाई रोक्न सात जना मिडफिल्डरसहितको रणनीति अपनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण