नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे पनि नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।
कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ९०९ लिटर बिक्री भएको थियो । चालु आवमा ३४ हजार ३४ लिटर बिक्री भएको जनाउँदै उनले मासिक बिक्रीदर दुई हजार ८४६ लिटर रहेको बताए ।
नियमित उडान भएमा इन्धन बिक्रीदर बढ्ने हुँदा डिपोको आम्दानी हुने बताउँदै लेखा अधिकृत देवकोटाले भने, “सातामा चार दिन जहाज आउने भनिए पनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै साता नआउने समस्या छ ।”
उनका अनुसार हाल इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण