मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
पोखरा । मणिपाल शिक्षण अस्पताल तथा मणिपाल कलेज अफ मेडिकल साइन्सेजको वार्षिक सांस्कृतिक तथा खेलकुद महोत्सव ‘एक्सप्रेसन्स २०२६’ सुरु भएको छ। इन्टर्न ब्याच २०१९ को आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कमानसिंह गुरुङले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले चिकित्सा शिक्षासँगै कला, संस्कृति र खेलकुदलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमले संस्थाभित्र आपसी सद्भाव, अनुशासन, सहकार्य तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सहभागी सबैलाई जिम्मेवारीपूर्ण र अनुशासित ढङ्गले कार्यक्रममा सहभागी हुन आग्रह गर्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरे।
समारोहमा मणिपाल शिक्षण अस्पतालका निर्देशक डा. अभिषेक मास्के, मणिपाल कलेज अफ मेडिकल साइन्सेजका प्रिन्सिपल डा. शिशिर गोखले, सञ्चालक समितिका सदस्य नारायण पौडेल, अस्पताल तथा कलेजका वरिष्ठ पदाधिकारी, चिकित्सक, प्राध्यापक, इन्टर्न चिकित्सक, मेडिकल तथा अन्य संकायका विद्यार्थी, नर्स तथा गैरशिक्षण कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार मणिपालको वार्षिक उत्सवका रूपमा परिचित ‘एक्सप्रेसन्स २०२६’ ले सम्पूर्ण मणिपाल परिवारलाई एउटै मञ्चमा ल्याउँदै प्रतिभा, सिर्जनशीलता, आपसी सद्भाव र संस्थागत एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
महोत्सवअन्तर्गत नृत्य, संगीत, नाटक, कला तथा साहित्यिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रमका साथै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। विभिन्न देशबाट आएका चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा कर्मचारीको सहभागिताले मणिपालको बहुसांस्कृतिक पहिचानलाई थप उजागर गरेको आयोजकको भनाइ छ।
आयोजक इन्टर्न ब्याच २०१९ का अनुसार महोत्सव आगामी केही सातासम्म सञ्चालन हुनेछ। यस अवधिमा सांस्कृतिक, साहित्यिक तथा खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिनेछन्।
महोत्सवको आधिकारिक मिडिया पार्टनर रातोपाटी रहेको छ। महोत्सवले मणिपाल परिवारबीच आत्मीयता, सहकार्य, स्वस्थ प्रतिस्पर्धा तथा सांस्कृतिक आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण