शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कपाललाई फुल्न र झर्नबाट यसरी बचाउनुस्

सोमबार, ०४ पुस २०७३, १६ : ३३
सोमबार, ०४ पुस २०७३
कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ । त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो । किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही जानकारी लिनिुहोस् ः यस कारण फुल्छ कपाल : उमेर ढल्किँदा : उमेर वृद्धि भएसँगै कपाल कालो बनाउने मेलानिन पिगमेन्ट तत्वमा ह्रास आउँछ । यही कारण कपालमा सेतोपना देखापर्छ । पोषण तत्वको कमी : प्रोटिन, आइरन, भिटामिन बी १२, जिङ्कजस्ता पोषक तत्वको कमीले कपाल सेतो हुन्छ । वंशाणुगत गुण : आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ । आधुनिकताका नाममा बढी रसायनको प्रयोग : कपालमा लगाउने विभिन्न मेहन्दी, कलर, सेम्पो, कन्डिसनर आदिको बढी प्रयोग गर्दा कपाल फुल्छ । विभिन्न रोग : कम उमेरमा नै थाइराइड, एड्स, डिप्रेसन एनिमियालगायतका समस्या भएका व्यक्तिमा यस्तो समस्या देखापर्छ । कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय : १.नरिवलको तेलमा सुकेको अमलाको टुक्रा मिसाएर उमाल्ने र नुहाउनु भन्दा २ घण्टा अगाडि तेल चिसो भएपछि कपाल र टाउको मालिस गर्ने । हप्तामा दुई पटकसम्म यसो गर्दा कपाल फुल्न छाड्छ । २. नुहाउनु अघि प्याज र कागतीको रस मिसाएर कपालमा लगाउँदा कपाल फुल्नबाट बच्नुका साथै टुक्रने र झर्ने समस्याबाट बचाउन सकिन्छ । ३. बदमको तेल, कागतीको रस र अमलाको रसलाई बराबर राखी कपाल मालिस गर्दा कपालमा चमक आउनुको साथै फुल्नबाट बचाउँछ । ४. कालो तिलको दाना महिनादिन जति सेवन गर्ने र तिलको तेलले कपाल मालिस गर्दा कपाललाई सेतो हुन दिँदैन । ५. लौकाको रसमा जैतुनको तेल वा तिल मिसाएर कपाल र टाउकाको मालिस गर्दा कपाल भर्न तथा फुलबाट बचाउँछ । ६. लौकाको तेल वा भृंगराज (जडीबुटी) को तेलले हप्तामा दुई तीन पटक कपाल मालिस गरी ४५ मिनेट राखेर पखाल्नु धेरै राम्रो मानिन्छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप