शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

मङ्गलबार, ०५ पुस २०७३, १३ : ३७
मङ्गलबार, ०५ पुस २०७३
खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः १. माछा र दूधबाट बनेका खानेकुरा । २. काँसको भाडामा लामो समय राखेको घिउ । ३. खीर र सातु । ४. दूधसँग दही, नुन, तित्री (इमली) र अन्य खानेकुरा मिसाएर खानु हुँदैन । ५. आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदि कुरा दूध वा दहीसँग मिसाएर खानु हुँदैन । ६. मूला र दूध एकै समयमा खानु हुँदैन । यसको एकै समयमा सेवन गर्दा कुष्टरोग लाग्न सक्छ । ७. दहीसँग पनिर, खीर, तातो पदार्थ र पानीको अधिक प्रयोग गर्नुहुँदैन । ८. पानी पिउने वित्तिकै खरबुजा, काँक्रो, टमाटर, भुइँकटर, तरबुजा कहिल्यै सँगै खानु हुँदैन । ९. तेलमा बेसार फ्राई गरेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । १०. खरबुजा र हाँसको अण्डा मिसाएर खाँदा ज्यान नै जाने खतरा हुन्छ । यस्ता खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सचेत हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप