कान पाक्ने वा दुख्ने गरेको छ ? विशेषज्ञ यसो भन्छन् (भिडियोसहित)
काठमाडौं– कानको समस्या धेरै व्यक्तिमा हुन्छ । अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने भन्ने विषयमा वरिष्ठ नाक, घाँटी रोग विशेषज्ञ डा. सुमन थापाका सुझाव यस्ता छन्ः कान शरिरको महत्वपूर्ण अंग हो । टाउको मुनी दुबै साइडमा रहेको कानले सुन्नका साथै सौन्दर्य पनि थपेको हुन्छ । कानमा लाग्ने रोग हेर्दा साधारण लागेपनि समयमै उपचार भएन भने अन्य अंगमा पनि असर पर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै देखिने समस्या भनेकै कान पाक्ने समस्या हो । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ ।
कान पाक्ने रोग के हो ? कानको बनावट हेरेर तीन भाग (बाहिरी, मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमध्ये मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ जसलाई कान पाकेको भनिन्छ ।
बच्चाहरुमा बढी कान पाक्ने कारणः घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा हुन्छ भने उमेर बढेसँगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । जसका कारण बच्चाहरुमा घाँटीको संक्रमण हुनेबित्तिकै सिधै कानमा असर पर्दछ र छिट्टै पाक्छ । प्रौढहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी र नसा टेडो हुने भएकाले संक्रमण कम हुन्छ ।
कान पाक्ने कारणः १. बच्चालाई सुतेर वा असजिलो तरिकाले दुध खुवाउँदा कानमा पर्दा । २. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा । ३. दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरी कानको जाली फुट्दा । ४. टंसिलको समस्या हुँदा । ५. लामो समय रुघा–खोकी लाग्दा कानमा प्रेसर पर्ने गरी सिँ सिँ गर्दा । ६. कानेगुजी झिक्न वा फोहोर सफा गर्न भन्दै धेरैले सिन्का, प्वाँख, सलाईको काँटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालीमा असर गर्नुका साथै विभिन्न संक्रमण देखापर्छ जसले गर्दा कान पाक्छ ।
कान पाक्दा कसरी श्रवण शक्ति कम हुन्छ ? लगातार कान पाक्दा कान डम्म हुनुका साथै दुख्ने गर्दछ । कानमा पिप बगिरहँदा कानको भित्री भागमासमेत संक्रमण हुन्छ । कानको जाली नै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ ।
कान पाक्ने समस्याको बेलैमा उपचार नगर्दा यस्ता असर देखा पर्नसक्छः १. ज्वारो आउने । २. कानको पछाडी पट्टीको भागबाट आवज सुनेको जस्तो हुने । ३. रिंगटा लाग्ने । ४. कसैमा कान पाकेको लामो समय भए, मुख बाङ्गो पनि हुन्छ ।
कान पाक्नबाट बच्ने तरिकाः १. दुध चुसाउँदा बच्चाको कानमा दुध परेको छ कि भनेर होस गर्ने । २. रुघा लाग्दा बेस्सरी सिँ सिँ नगर्ने । ३. कानमा तेल नहाल्ने । ४. नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने, ताकी कानमा पानी नछिरोस् । ५. जथाभावी कान नकोट्याउने । ६. चिसोको समयमा कान छोप्ने वा न्यानो राख्ने । ७. सवारी साधानमा यात्रा गर्दा वा कुनै पनि समयमा कानमा किरा वा अन्य कुरा पस्नबाट जोगाउने । ८. जथाभावी औषधीको प्रयोग नगर्ने ।
कानमा कुनै समस्या आइहाले तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण