टुरानको ह्याट्रिकको मद्दतले हक्र्युलिसको पोस्टमा बार्साको ७ गोल
बिहीबार, ०७ पुस २०७३, ०८ : २६
बार्सिालोना – आड्रा टुरानको ह्याट्रिकको मद्दतले बार्सिलोनाले कोपा डेल रेको दोस्रो लेगमा हक्र्युलिसलाई ७–० को विशाल अन्तरले पराजित गरेको छ ।
पहिले लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको हो ।
खेलमा प्याको अल्कासेरले १० खेलको गोलको खडेरी अन्त्य गरेका छन् । गत अगस्तमा भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका आल्कसेरको यो पहिलो गोल हो ।
बार्सिलोनालाई खेलको ३७ औँ मिनेटमा लुकास डिग्नेले अग्रता दिलाए । त्यसपछि इभान रकिटिचले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा १० मिनेटको अन्तरालमा राफिना र टुरानले गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए ।
खेलको ७३ औँ मिनेटमा अल्कासेरले गोल गरे भने खेलको अन्त्यतिर ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै टुरानले आफ्नो ह्याट्रिक पूरा गरे ।
समग्रमा ८–१ को जीतसँगै बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
उता, सेभियाले फोर्मेन्टारालाई ९–१ गोलअन्तरले पराजित गर्दै समग्रमा १४–२ को जीत निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ ।
त्यस्तै, इबार, भ्यालेन्सिया, डिर्भोटिभो र ओसासुनाले पनि अर्को चरणमा स्थान पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण