म्याच फिक्सिङ काण्डमा पिटरसनलाई २ वर्षको प्रतिबन्ध
जोहानसबर्ग – दक्षिण अफ्रिकाका पूर्व खेलाडी अल्भारो पिटर्सनलाई म्याच फिक्सिङ काण्डमा दुई वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा सामेल हुन नपाउने गरी प्रतिबन्ध गरिएको छ ।
पिटरसनले अरुले गरेको म्याच फिक्सिन लुकाउन मद्दत गरेको स्वीकार गरेपछि प्रतिबन्धको सजाय सुनाएको हो ।
दुई वर्षदेखि बेलायन ल्यांकसायरबाट खेलिरहेका पिटरसन आफैले भने म्याच फिक्सिङ गरेको मुद्दा क्रिकेट साउथ अफ्रिकाले फिर्ता लिएको थियो ।
दक्षिण अफ्रिकाको घरेलु र्याम स्लयाम टी–२० च्यालेन्ज सिरिजमा सन् २०१५ मा म्याच फिक्सिङ भएको आशंका गरिएको थियो । यसबारे लामो समय अनुसन्धान गरिएको थियो ।
‘ क्रिकेट साउथ अफ्रिकाले ममाथि लगाएको प्रतिबन्ध म स्वीकार गर्छु,’ ३६ वर्षीय खेलाडीले भने ।
पिटरसनले सन् २०१५ को जनवरीमा उनले दक्षिण अफ्रिकाका लागि अन्तिम टेस्ट खेलेका थिए । ३६ टेस्टमा देशको प्रतिनिधित्व गरेका पिटरसनले २ हजार ९३ रन बनाएका थिए ।
यसअघि, गत जनवरीमा दक्षिण अफ्रिका पूर्व स्पीनर गुलाम बोदीलाई म्याच फिक्सिङ गर्न खोजेको आरोपमा २० वर्ष प्रतिबन्ध लगाएको थियो । अगस्तमा पूर्व विकेट किपर थामी सोलेकिलेमाथि १२ वर्ष प्रतिबन्धको सजाय सुनाइएको थियो ।
ल्यांकसायरले पिटरसनले क्लबका लागि २०१७ को सिजन नखेल्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण