सवारी दुर्घटनामा परि मृत्यु भएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग
बिहीबार, ०७ पुस २०७३, ०९ : ३३
नेपालगञ्ज –मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जले सवारी दुर्घटनामा परि मृत्यु भएका कर्मचारीको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरि गत बर्ष सवारी दुर्घटनामा परि मृत्यु भएका प्रहरी जवान दल बहादुर बि.क को परिवारलाई ५१ हजार नगद सहयोग प्रदान गरिएको हो ।
तालिम केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीले आफनो तलबर रकम कटौती गरि स्थापना गरिएको आन्तरीक कल्याण कोष मार्फत मृतक बि.क को परिवारलाई सो रकम प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा समादेशक प्रहरी बरिष्ठ उपरिक्षक दानसिंह बोहराले सो रकम मृतककी श्रीमती कल्पना सुनारलाई हस्तान्तरण गरेका हुन् ।
मृतक बि.क बिगत १० बर्षदेखी तालिम केन्द्रमा बाह््य प्रशिक्षकको रुपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण