अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझायो
वाशिंगटन डीसी - अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझाएको छ ।
नेपालमा जातीय विभेदको आडमा भइरहेको श्रृंखलाबद्ध घटनाहरु यथाशिघ्र रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदै लक्ष्मी परियार हत्या प्रकरण सम्बन्धमा ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीलाई बुझाईएको छ ।
सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नासो कम्यूनिटी अमेरिका स्तब्ध भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको जनाएको छ ।
उक्त ज्ञापन पत्रमा एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएको छ भनी राजदूत मार्फ़त प्रधानमन्त्री पुष्पकमल दाहाललाई संबोधन गर्दै ज्ञापन पत्र राजदूतलाई बुझाइएको हो ।
पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण, बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी हामी नेपाल सरकारसंग माग गर्दछौं भनेको छ ।
यसको साथै संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउंदै उक्त मागहरु पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदछौं भनी ज्ञापन पत्रमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण