अनुहारमा रौं पलाएर हैरान हुनुभएको छ ? स्थायी रुपमा यसरी हटाउनुहोस् (भिडियोसहित)
बिहीबार, ०७ पुस २०७३, ११ : ५२
अनुहार तथा छालामा अनावश्यक रौं आएर हैरान हुनुभएको छ ? छ भने अब यो झन्झटबाट सदाका लागि मुक्ति पाउने उपाय नेपालमा आइसकेको छ । कसरी आउँछ रौं र यसलाई सदाका लागि कसरी हटाउने ? छाला तथा लेजर रोग विशेषज्ञ डा. राजनबाबु तम्झ्याका सुझावः
लेजरको माध्यमबाट शरीरको कुरुपतालाई हटाउन सकिन्छ । अनावश्यक रौं, ट्याटु, दाग, अनुहारमा देखापर्ने खाल्डाखुल्डीलाई कस्मेटिक पद्धति वा लेजरका माध्यमबाट हटाउन सकिन्छ । नेपालमा अहिलेसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी अनुहारको रौं हटाउन यो पद्धति प्रयोगमा ल्याइएको छ ।
शरीरमा अनावश्यक राैं आउने कारण
१.पुरुषको तुलानामा महिलामा बढी यस्तो समस्या देखा पर्छ । कारण महिलामा हर्मोन छिटोछिटो गडबड हुने गर्छ ।
२. महिलाको पाठेघरमा ट्युमर पलायो भने पनि अनुहारमा पुरुषको जस्तै दाह्री, जुगा देखा पर्छ ।
३. छालासम्बन्धी कुनै पनि रोग लागेको छ भने यस्तो समस्या देखापर्छ ।
४. थाइराइट भएका व्यक्तिमा पनि यो समस्या बढी देखापर्छ ।
५. वंशाणुगत गुणका कारण पनि यो समस्या देखापर्छ ।
यो पद्धतिबाट यसरी रौं हटाउने
स्थायी रुपमा रौं हटाउन यो माध्यम सबैभन्दा उत्तम विकल्प हो । तुलानात्मक रुपमा यो पद्धतिबाट रौं निकाल्दा जोखिम न्यून मात्रामा देखा पर्छ । जुन रौं निकाल्नुपर्ने हो, त्यही रौंको फेदमा लाइट (एक प्रकारको किरण) राखेर रौं पलाउने नसालाई निष्कृय पार्छ । यो प्रक्रिया चिकित्सकको सल्लाह बमोजिम ४, ५ पटक गरेपछि रौं स्थायी रुपमै हट्छ । यसले अन्य भागमा कुनै असर गर्दैन ।
यसको असर
एकदमै कम सङ्ख्यामा बाक्लो छाला हुनेहरुमा कहिलेकाहीँ अल्सरको समस्या देखापर्छ । तर यो १०० मा १ जनामा देखा पर्न सक्छ ।
यो पद्धति कत्तिको महँगो छ ?
लेजरको माध्यमबाट रौं हटाउन धेरै खर्च लाग्दैन । जानकारी भए सबै वर्गको पहुँचमा पुग्छ । धेरै समय पनि लाग्दैन ।
रौं निकालेपछि यी कुरामा ध्यान दिनुपर्छ
१. २, ४ दिनसम्म सूर्य प्रकाशबाट जोगिनुपर्छ ।
२. जथाभावी क्रिम तथा औषधीको प्रयोग गर्नु हुँदैन ।
https://www.youtube.com/watch?v=6jQtui5r0M0
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण