बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरमा चार बन्दकर्ता पक्राउ, एक घाइते, गाडी तोडफोड

बिहीबार, ०७ पुस २०७३, १३ : ३०
बिहीबार, ०७ पुस २०७३

भक्तपुर - नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले आज आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजाघरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् ।

चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाईते भइ स्थानीय नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सोही स्थानमा बा। ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए ।

प्रहरीले बन्दकर्तालाई पक्राउ गर्नथाले पछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन् । भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप