बालिकालाई अपहरण र बन्धक बनाउने व्यक्ति पक्राउ
सप्तरी - बाह्र वर्षीया एक बालिकालाई अपहरणपछि बन्धक बनाएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय रुदल सदालाई आज प्रहरीले पक्राउ गरेको छ ।
अपहरण गरी पीडित बालिकालाई यातना दिएको उजुरीका आधारमा प्रहरीले सदालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुदा दर्ता गरेको जनाएको छ ।
पीडित बालिकाकी आमाको निवेदनका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका सदाले पीडित बालिकालाई २०७३ भदौ १९ गते घरबाट झुक्याई अपहरण गरी भारदह, त्रिकोल हुँदै भारत विहारको कुनोलीमा स्थान परिवर्तन गर्दै तीन महिना बढी बन्धक बनाई राखेको पीडितले प्रहरीमा जानकारी दिएको छ ।
आरोपितको नियन्त्रणबाट उम्केर गत मङ्सिर २५ गते पीडित बालिका घरपरिवारको सम्पर्कमा आएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण