चीनसँग तनाव बढेसँगै जापानले अहिलेसम्मकै ठूलो रक्षा बजेट ल्याउँदै
काठमाडौँ – चीनसँग क्षेत्रीय विवाद र उत्तर कोरियाको आणविक र मिसाइलको खतार बढेसँगै जापानका प्रधानमन्त्री सिन्जो अबेले अहिलेसम्मकै किर्तिमानी रक्षा बजेट ल्याउने भएको छ ।
नयाँ बजेट अनुसार फाइटर जेट र सबमरिनमा १.४ प्रतिशतले खर्च बृद्धि गर्दै ५१ खर्ब येन पुर्याइएको छ ।
त्यस्तै, तटीय क्षेत्रको सुरक्षामा उल्लेख्य बजेट बढाइएको छ ।
अप्रिल १ २०१७ देखि ९ सय ७५ खर्ब येन बराबरको रक्षा बजेट ल्याउने बताइएको छ ।
यद्यपि, जापानको संसद्ले यो बजेटलाई पारित गर्न बाँकी छ । यदी संसद्ले पास गरे रक्षा बजेट बढाइएको यो लगातार पाँचौ वर्ष हुनेछ ।
यसअघि नै बृद्धहरुको लागि सामाजिक सुरक्षामा हुने खर्चले दबाब रहेको जपानको अर्थतन्त्रमा रक्षा बजेट बढ्दा यसले जापानको ऋण बढाउने बताइएको छ ।
इस्ट चाइना सीमा चीनसँग विवाद बढेपछि गत वर्ष कोस्टकार्डको बजेट १.८७ खर्ब येनदेखि २.१ खर्ब येन पुर्याइएको थियो ।
जापानले नियन्त्रणमा राखेको त्यसक्षेत्रमा चीनले पनि दाबी गर्दै आइरहेको छ त्यसैले मानववस्तीरहित क्षेत्रमा दुवै देशका जलसेनाहरु बारम्बार पुगिरहेका हुन्छन् ।
यसको साथै उत्तर कोरियाले आणविक क्षेत्रमा गरेको प्रगतिमा ध्यानमा राख्दै देशको बलिस्टिक मिसाइल डिफेन्स सिस्टममा पनि अद्यावधिक गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण