रामचन्द्र झाको नजरमा एमाले–भारत सम्बन्धको उतारचढाव
मैले नेकपा एमालेमा रहँदा गाँउ कमिटि, जिल्ला कमिटि हुँदै केन्द्रीय कमिटिमा समेत रहेर काम गरेँ । मलाई एमालेको लामै अनुभव छ भन्दा फरक नपर्ला । नेपाली राजनीतिमा नेपाली काँगे्रसको आत्मसमर्पणवादी चिन्तनका कारण पनि होला कांग्रेसको तुलनामा कम्युनिष्टहरुमा राष्ट्रवाद बढि नै छ ।
कम्युनिष्टहरु देशलाई धेरै माया गर्छन् । यो भनेको समाजवाद ल्याउने बाटो पनि हो । नेपालमा कम्युनिष्टहरुले नै देशको पक्षमा काम पनि गरेका छन् । सुरुबाट नै कम्युनिष्टहरु प्रगतिशिल राष्ट्रवादको पक्षमा उभिदै आएका छन् । उदाहरणकै लागि पुष्पलालदेखि मदन भण्डारी, मनमोहन अधिकारीलाइ लिन सकिन्छ ।
०४६ साल भन्दा पहिलाको कुरा गर्ने हो भने राष्ट्रियताको नाममा कम्युनिष्ट पार्टीको झण्डा राजदरबारमा बुझाउने काम केशरजंग रायमाझिले गरे । केहि कम्युनिष्ट पार्टीहरुले त भारत विरोधी राष्ट्रवादलाई महत्व दिदै आएका छन् । एमालेमा पनि पछिल्लो समय यहि प्रवृति मौलाएको छ । एमालेले भारतको विरोध गर्नुलाई जनवाद भन्दा माथि राखेको छ । एमालेमा ०४६ भन्दा पहिला र मदन र मनमोहनको पालासम्म एक किसमको भारतको मूल्याङकन गरिएको थियो । मदन भण्डारीले २०५० सालमा एमालेको तत्कालिन पाँचौ महाधिवेशनबाट प्रगतिशिल राष्ट्रवादको कुरा अर्थात जनताको बहुदलिय जनवाद अगाडी ल्याउनुभएको थियो । भण्डारीले त्यसक्रममा प्रगतिशिल राष्ट्रवादको राम्रो व्याख्या पनि गर्नु भएको छ । त्यो एमालेको आधिकारिक धारणा हुनुपर्ने हो । तर, पछिल्लो समय भारतलाई गालि गर्नु नै एमालेको राष्ट्रवाद भएको छ ।
यो सन्धिलाई संसदमा पास गर्ने नगर्ने विषमा एमालेमा सबैभन्दा बढी बहस भएको थियो । एक पक्षको नेतृत्व केपी ओलीले गर्नु भएको थियो भने अर्को पक्षको नेतृत्व बामदेव गौतमले । केपी ओलीले भारतसँंग महाकाली सन्धि गरे नेपाललाई अरबौ पैसा आउँछ भन्दै भारतसँग सन्धि गर्र्नुपर्ने पक्षमा उभिनुभयो । बामदेव गौतमको मत ओलीको भन्दा फरक थियो । गौतमले सन्धि राष्ट्रघाती भन्दै संसदबाट पास गर्न नहुने अडान लिनुभयो ।
नेपाली राष्ट्रियतालाई आत्मसमर्ण गर्ने प्रवृति र गुण दोषका आधारमा सम्बन्ध निमार्ण गर्नु पर्छ भनेर मदन भण्डारीले स्पष्ट भन्नुभएको छ । मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले पनि भारतसँंग गुण दोषका आधारमा सम्बन्ध बनाउने निति लिएका थियो । म त्यो समयमा एमाले पार्टीको धनुषा जिल्ला सचिव थिए । तत्कालिन समयमा मदन भण्डारी र मनमोहन अधिकारीको अवशानपछि एमालेमा भारतको बारेमा त्यति कुरा सुनिएन । पार्टी नेतृत्व भारतको पक्षमै देखियो । तर, जब भारतसँंग महाकाली सन्धि गर्नु पर्ने भयो त्यो समयमा भारतको पक्ष र विपक्षमा एमालेमा ठूलो बहस भयो । महाकाली सन्धि काँग्रेसका गिरजा प्रसादले गरेका थिए । यसको ‘योजना’ राजतन्त्रकै समयमा बनेको थियो । तर बहुदलपछि त्यो न छोड्न मिल्ने न लागु गर्न मिल्ने अवस्थामा थियो । त्यसलाई गिरजाप्रसाद कोइरालाले पहिला सम्झौता हो, सन्धि होइन भने । एमालेले आन्दोलन ग¥यो ।
सर्बोच्चमा मुद्धा पनि प¥यो । सर्बोच्च अदालतले संसदबाट दुई तिहाइ बहुमतले पास गर्नुपर्ने आदेश दियो । त्यसपछि बल्ल त्यसको सत्यतथ्य बाहिर आयो । त्यो सन्धिमा हस्ताक्षर भने शेरबहादुर देउवाको पालामा भएको थियो । म त्यो समयमा संसद थिए । त्यहि बर्ष म केन्द्रीय कमिटिमा निर्वाचित भएको थिए ।
यो सन्धिलाई संसदमा पास गर्ने नगर्ने विषमा एमालेमा सबैभन्दा बढी बहस भएको थियो । एक पक्षको नेतृत्व केपी ओलीले गर्नु भएको थियो भने अर्को पक्षको नेतृत्व बामदेव गौतमले । केपी ओलीले भारतसँंग महाकाली सन्धि गरे नेपाललाई अरबौ पैसा आउँछ भन्दै भारतसँग सन्धि गर्र्नुपर्ने पक्षमा उभिनुभयो । बामदेव गौतमको मत ओलीको भन्दा फरक थियो । गौतमले सन्धि राष्ट्रघाती भन्दै संसदबाट पास गर्न नहुने अडान लिनुभयो । त्यसपछि एमालेले सडकमा आन्दोलन ग¥यो संन्धिको विरोधमा, तर नेतृत्व सन्धिको पक्षमा उभियो र संसदबाट प्रस्ताव पास नै भयो । त्यसवेलाको आन्दोलन त्यतिकै सकिएपनि यसै कारण एमालेमा विभाजनको विउ रोपियो ।
यहिबाट नेकपा एमालेको संस्थापन र भारतको सम्बन्ध गाढा भएको हो । त्यसपछि ओलीलाई भारतको इसारामा चल्ने नेता भन्ने हल्ला चल्यो । एमालेले संसदमा अनुमोदनमा भोट हाल्यो । यसको अगुवाई ओलीले गर्नु भएको थियो । त्यसपछि एमाले विभाजन भयो । महाकाली सन्धि राष्ट्रघाति भएको भन्दै बामदेबको नेतृत्वमा माले पार्टी बन्यो ।
मदन भण्डारीले पनि भारतसँंग भएका सन्धिको विरोधमा बोल्नु भएको थियो । उहाँले आन्दोलनको अगुवाइ नै गर्नुभयो । आन्दोलन भएको करिब पाँच महिनापछि भण्डारीको दूर्घटनामा मृत्यु भयो । त्यो समयमा पनि एमालेले सडकमा सरकार र भारतको विरोधमा नारा जुलुस गरेकै थियो । तर, त्यसवेलाको एमालेको आन्दोलन आक्रोश र आशंकाको भरमा सिमित थियो ।
मनमोहन अधिकारीले आफु प्रधानमन्त्री हुँदा सुगौली सन्धिलाई पुनरावलोकन गर्नुपर्छ भन्नुभयो । यो कुरालाई भारतका शासकले पनि नराम्रो मानेनन् बरु सहज रुपमा लिए । तर, त्यसको केहि समयमै अधिकारीको सरकार ढल्यो । यसमा विभिन्न कारण छन् । पछि त्यो विषय त्यतिकै ओझेल प¥यो । त्यसपछि पनि एमाले र भारतको सम्बन्धमा त्यति उतार चढाव देखिएन सम्बन्ध ठिकै थियो ।
वीपी रहदै पनि यदाकदा भारत लोकतन्त्रको पक्षमा नखुलेको र महेन्द्रको पक्ष लिएको भन्ने आरोप पनि लाग्यो । यो भनेको निरंकुशताको पक्षमा भारत लाग्यो भन्ने हो । तर, नेपालको राजनीतिक परिवर्तनमा भारतले सहयोग नगरेको भने पक्कै होइन । ०४६, होस या ०६२–६३ को जन आन्दोलन नै किननहोस भारतले सहयोग गरेको छ । १२ बुँदेमा माधव नेपालको धेरै हात छ । यो पनि भारतको सहयोगमै भएको हो ।
पहिलो संविधानसभाको निर्वाचन देखि विघटनसम्म एमाले र भारतको सम्बन्ध झनै सुमधुर रहेको छ । सुन्नमा आएको थियो,‘संविधानसभा विघटन गराउनमा भारतको हात रहेको र त्यसको पक्षमा सबैभन्दा बढी एमाले नै लागेको’ भनेर । यदि एमाले भारतको पक्षमा नलागेको भए पहिलो संविधानसभा विघटन हुने नै थिएन ।
हुन त नेपालमा संविधान घोषणासंगै नेपाल भारत सम्बन्धमा उतारचढाव आयो । यो दुई देशबिचको कुरा हो । अर्कोतर्फ नेपालको आन्तरिक मामलामा समस्या छ । मधेशका जनताले अधिकार मागेका छन् । मधेशका जनताले आफ्नो अधिकारको लडाई लडेका हुन । यसमा भारतको सहानभूति हुनु स्वभाविक नै हो । भारतसंगको पारबहान, सिमाका समस्या पनि छन् । तर यी मुद्धालाई ‘आइसोलेट’ गरेर मधेशेको मुद्दालाई बढी उचालेको छ एमालेले । भारतले मधेशीलाई साथ दियो भनेर एमालेलाई रिस उठेको प्रस्टै छ । एमाले अहिले पनि भारतले मधेशीलाई ‘अधिकारको लडाई नलड’ भनेर भनोस् भन्ने चाहन्छ । यदि भारतले यसो गर्ने हो भने एमाले र भारतको सम्बन्ध धेरै राम्रो हुनेछ । उसले अहिले गरेको भारतको विरोध तुसमात्र हो । उसमा कुनै राष्ट्रवाद छैन । भारतले मधेशको जनतको पक्षमा बोल्न छोडेका दिन एमाले भारतको पक्षमा सबै भन्दा बढी बोल्ने छ ।
एमाले र भारतको सम्बन्ध कतिबेला सुधार हुन्छ भन्न सकिदैन । तर, राजनीतिमा कोहि कसैको विरोधी हुदैन । अहिले भारत र चीन विश्वका उदयमान शक्ति हुन । उनीहरुबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ । अहिले देखा परेको एमाले भारत सम्बन्ध मधेशी जनतासंग जोडिएर आएको हो । भारत र नेपालका धेरै समस्या छन् । अहिले पनि प्रवुद्धहरुको समुह बनेको छ । त्यसले काम गदैछ । अहिले भारत पनि नेपालसंग निहुँ खोजेर अघि जान सक्दैन । उसको दुस्मन अहिले पाकिस्तान छेउमा नै छ । नेपालसंग निहुँ खोजेर जाने हो भने भारतले कसरी दक्षिण एशियामा सन्तुलन मिलाउन सक्छ ?
कृष्ण गिरीसंग कुराकानीमा आधारीत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण